धरानको बजारमा राखिएको बम बाँदरले टिपेर हिँडेपछि सेना – प्रहरी हैरान

धरान ।

धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि भेटिएको बम बाँदरले टिपेर हिडेपछि सेना र प्रहरी चकित परेका छन् ।

स्थानीयवासीले बजारमा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए, लगत्तै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुग्यो।

राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ’ भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।

धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन्। दोस्रो चरणको निर्वाचन आउन १ दिन मात्र बाकीं रहंदा देशभर विस्फोटन घटनाहरु ब्यापक भएका छन् ।

इमान्दारमिडिया