यस्तो पत्र लेखेर कांग्रेस गठबन्धनबाट पनि अलग्गिए बाबुराम भट्टराई

काठमाडौँ ।

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई काँग्रेस गठबन्धनबाट अलग भएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका भट्टराईले पहिलो चरणको निर्वाचन सकिएपछि गठबन्धनबाट अगल भएका हुन् ।

गोरखा २ बाट उम्मेदवार बनेका भट्टराई दोस्रो चरणको निर्वाचन आउन २ दिन बाकी रहँदा छि आफू लोकतान्त्रिक गठबन्धनबाट अलग भएको आसयको पत्र मतदातामाझ पुर्याएका छन् ।

भट्टराईले १४ मंसिरमा लेखेको पत्रमा भनिएको छ, ‘परम्परागत ‘साम्यवादी र पुँजीवादी धारलाई चुनौति दिन संसदभित्र वाम–लोकतान्त्रिक शक्तिहरुको एक तेस्रो धारको उपस्थिति आजको ऐतिहासिक आवस्यकता हो।’ यसको मतलव बाबुराम लोकतान्त्रिक गठबन्धन छाडेर तेस्रो धार निर्माणमा लागेका छन् । किनकि पहिलो र दोस्रो धार भनेका वाम र लोकतान्त्रिक गठबन्धन हुन् ।

यसअघि एमाले र माओवादीसँग मिलेर वाम गठबन्धन बनाएका बाबुराम एकाएक कांग्रेससँग मिल्न गएका थिए ।

हेर्नुहोस् पत्र (इमान्दारमिडिया)