देशमा उदाएका दुई बैकल्पिक शक्तिलाई किन रोज्ने? १६ वटा कारण हेरौं त एकछिन

ज्वाला संग्रौला,
देशमा उदाएका दुई बैकल्पिक शक्तिलाई किन रोज्ने? १६ वटा कारण हेरौं त एकछिन?

१,सडक निर्माण सम्पन्न भएको दुई तीन महिनामा नै भत्किने सडक ,पुल लगायतका संरचना बनाउने ठेकेदार हरुलाई मिलोमतोमा रबिन्द्र ,सुर्यराज , बाबुराम हरुले ठेक्का सुम्पेका छैनन्!
२, जलश्रोतको धनी भनिएको देशमा धारामा पानी नआउने समस्या यिनीहरुले सृजना गरेका होईनन्।
३,चौबीस घण्टामा बीस घण्टा जनतालाई अन्धकारमा राखेर बिजुली बेची खाने अपराधि नेताहरु र ती नेताहरुका संरक्षणमा जनता विरुद्ध अपराध गर्ने कर्मचारीहरु यिनीहरुका पार्टीमा छैनन्!
४, आज सरकारी स्कुलहरुमा, सरकारी क्याम्पसहरुमा पढाई नहुने बाताबरण बैकल्पिक पार्टीका देन होइनन्!
५, सरकारी स्वास्थ्य संस्थान तथा अस्पतालहरुमा स्तरिय स्वास्थ्य सेवा उपलब्ध नहुदासामान्य जीवनजल र सिटामोलको अभावमा आजसम्म हजारौ जनताले मृत्युवरण गर्नुपर्ने परिस्थिति यिनीहरुले खडा गरेका होइनन्!
६, निजी स्कुल,निजी क्याम्पस,निजी अस्पताल,निजी मेडिकल कलेजहरुमा यिनीहरुले करोडौँको लगानी गरेका छैनन्!
७,एउटा सामान्य घरपरिवारको सदस्यले धान्नै नसक्ने गरी प्राविधिक शिक्षालाई यति महँगो बनाइनुमा यिनीहरुको हात छैन!
८, सामान्य खोकी लाग्दा उपचारको नाममा विदेश धाउने,राज्यकोषबाट करोडौँ सम्पति लुटिखाने नेताहरु यिनीहरु होइनन्।
९, निजिकरणको नाममा सरकारी उद्योग, कलकारखाना, संस्थानहरु बेचिखाने नेताहरु यी होइनन् !
१०,Tax-break को नाममा राज्यकोषमा जम्मा हुनुपर्ने अरबौँ रुपैयाँ छुट दिएर चन्दाको नाममा करोडौँ रुपैयाँ उठाउने काँउरेस बाम नै हुन। बैकल्पिक दलहरु होइनन्।
११, स्वदेशी लगानीमै सम्पन्न गर्नसकिने नाफामुलक आयोजनाहरु विदेशी कम्पनिलाई बुझाउने कमिसनखोर नेताहरु रबीन्द्रहरु होईनन्।
१२,गुण्डानाइके,तस्कर,भ्रस्टहरुलाई चुनावमा खुलामखुल्ला उठाउने दल बिबेकशिल साझा र नयाँ शक्ति होईनन्।
१३, स्वतन्त्र न्यायालय,ब्युरोक्रेसीलाई कार्यकर्ता भर्ति केन्द्र बनाउने,सक्षम र इमानदारहरुलाई बिदेशमा बेच्ने , राम्रो काम गर्नबाट रोक्ने,थुन्ने छेक्ने र भ्रस्टहरुको जालो बनाउने दल तथा नेताहरु काउँरेस र बामेहरु नै हुन्।
१४, मुख्य सवाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यबस्था,जनलोकपालको गठन लगायतका महत्वपुर्ण मुद्धाहरु लत्याउने किर्नाहरु काउँरेस र एमाले नै हुन्।
१५.कार्यक्रममा सबाल जबाफका लागि बोलाईँदा जनताका प्रश्नहरुका मुक्कालाई सामना गर्न सकिन्न भन्ने डरले कन्दनी मुतेर भाग्ने बिधासुन्दरे जस्ता अयोग्य र एक नम्बरका ठग घोर्ले स्यालहरुको उत्पादन गर्ने संगठनहरु बैकल्पिक दलहरुको क्षेत्रभित्र अटाउँदैनन्।
१६.चालीस बर्ष राजनीति सिकें ,१० बर्ष जेल बसें भन्ने तर कामको सिन्को नभाँची जनतालाई जेलनेलका झुट्टा नीलडाम देखाएर बारम्बार सत्ताको स्वाद चाख्न पल्केका काला ढाडे बिरालाहरुलाई मुन्ट्याएर देश बनाउनको लागि बिकल्पको खाँचो थियो, अब त्यो हाम्रै नजरको सामनेमा छ! ?
#त्यसैले_बिकल्प_बेलैमा_रोजौं✋️

स्वदेश र विदेश बाट यसरी आवाज उठे पछी परिबर्तन हुन् के बेर ? सन् सनी भिडियो सहित !!
ज्वाला संग्रौला,
रबीन्द्र मिश्र र बाबुरामहरुलाई नेता नमान्ने रे कोहि कोहि मेरा हितैषी मित्रहरु। उनीहरुलाई नेता मान्नेहरु पनि सबै पोलिटिकल्ली फ़्रस्ट्रेटेड रे। ए हजुर देशलाई खसी झैं काटेर टुक्रा टुक्रामा बिदेशीलाई ख़रीद बिक्री गर्ने कसाईहरु तथा जाबो प्रा.बी सम्म पढाउन सक्ने शैक्षिक योग्यता नभएका हरिलण्ठु गफाडी फटाहाहरुलाई नेता मान्नु भन्दा त बरु रबीन्द्र र बाबुराम जस्ता बिद्वानहरुलाई नै नेता मान्छु म त।चाहे तपाईँ मेरो यो रोजाईलाई पागलपन भन्नुस् या फ्रस्टेसन, त्यै स्वीकार्य छ।तर पटरपटर बोल्नु अघि एकपटक सोच्नुस ,यो फ्रस्टेसन किन आयो त?

तिनै तपाईँले आदर्श मानेका दुई कौडीका श्रीपेच बिनाका अनाड़ी राजहरुले देशलाई भीरबाट खसाएर होइन? अनि भड्खारोमा उतानो परेको देशलाई तान्न आएकाहरु चैं फ्रस्टेसन क्लब खोलेर बसेका निकम्मा मान्छे? थुक्क साथी यस्तो भाँचिनै लागेको सोचाईको सिंडी चढेर कहाँ पुग्ने योजना बनाउँदै हुनुहुन्छ? देश यस्तो लथालिंग र भताभुँग हुँदा पनि फ्रस्टेशन् नहुने तपाई चैं खुंखार देशद्रोही हो नि सोल्टा!कि मुखले मात्रै प्यारप्यार बोल्या? मनलाई कुनै दलका ठाँस्नेहरुका बिचारले कैदि नबनाउनुस्।

मौलिक स्वतन्त्रताको उपयोग गर्दै सत्य बोल्न सिक्नुस् मित्र देश बन्न धेरै समय लाग्दैन। साँच्चै देश बनाउन लागिपरेका बिज्ञहरु चिनेर पनि तिनै गनाईसकेका र थोत्रिईसकेका सामन्तहरुको घाँटीमा झुण्ड्याईएको खिया लागेको घण्टी ठटाँउदै नहिड्नुस् बेकार देशमा ध्वनि प्रदुषण मात्रै हुन्छ।अनि बैकल्पिक शक्तिहरुलाई फेशबुके पार्टी भन्नुभएकोमा तपाईँलाई कोटी कोटी नमन , किनकी नेपालमा फेशबुक नचलाउनेहरुभन्दा चलाउनेहरु नै बढी छन्। कि नेपालमै बसेर फेशबुक चलाउनेहरुले भोटै हाल्दैनन् त? उनीहरु जनता नै होईनन् प्यारे? बाकि भिडियोमा सुन्नु होला !!