के महिला प्रयोगका साधन मात्रै हुन् ?? भिडियो सहित !!

नारीअधिकार , बालअधिकार प्राप्त र लागु गर्न कठीन र मुस्किल छ । दिनहुँ बालिकाहरु बलात्कार हुँदै मारिएका छन ,अनि राज्य कानमा तेल हालेर बसेको छ । अझै हामी पितृसत्तात्मक राज्य भित्रको लैङ्गिक विभेदमा छौ ।
एउटा नारी घरबाट बजार पुग्दा आफ्नो इज्जत र पहिचान गुमाएर घर अाइपुग्नु पर्ने र अझै परिवार समाजबाट तिरष्कृत हुनु पर्ने जुन अवस्था आज देखा परेको छ त्यो विडम्बनाको बिषय हो ।
बलात्कारको शिकार हुने जुन सुकै महिला पनि त्यो कसैको आमा,कसैको छोरी र कसैको बुहारी हो हाम्रा दाजुभाई किन त्यो अपराध र अपराधी विरुद्ध किन बोल्न सक्दैनन ?
के महिला प्रयोगको साधन मात्र हुन त ?
आमालाई जबसम्म हामीले बुझ्न सक्दैनौ तबसम्म नारी अस्तित्वको पक्षमा हामी लड्न सक्दैनौ । महिलाले गर्ने घरयासी कामलाई अनुत्पादक कामको रुपमा जसरी हेरिन्छ त्यो नितान्त गलत नजिर हो ।
बाकि भिडियोमा सुन्नु होला !!