यहि हो दुवईमा हाम्री नेपाली चेलीलाई बलात्कार गरि आत्महत्या गर्न बाध्य पार्ने बङ्गाली ! यसलाई दुवईबाट भाग्न भन्दा पहिले नै दुवईको प्रहरी सम्म पुर्याई नेपाली चेलीलाई न्याय दिलाउन मदत गर्नुहोस !! जति सक्दो शेयर गर्नुहोस (भिडियोसहित)

गोरखाको मान्बु पुगेर फर्किएका रबि लामिछानेले आजको सिधा कुरा यसरि सुरु गरे….
मलाई आज यो देशको प्रतिनिधीत्व गर्दै देशले दिएको सुविधा र नागरीकले तिरेको करमा जीवन चलाउने महामहिम राजदुत तहरु र दुतावासका कर्मचारी ज्युहरुसँग केही भन्नु छ ।

विशेष त खाडी क्षेत्रका दुतावासलाई लक्षित गरेर केही भन्नु छ । महामहिम राजदुत ज्युहरु तपाईहरुको हरेक बोली र कुयाकलाप डिप्लोम्याटीक हुन्छ र हुनुपर्छ , तपाईहरु हो नै डिप्लोम्याट । तर आज मलाई माफ गर्नु होस । म आज १०० प्रतिशत सिधा कुरा गर्न चाहान्छु , चाकरी र चापलुसी भरिएको शब्दहरु प्रयोग गरेकोमा माइन्ड नगर्नुहोल ।

१, तपाईको एम्वेसीमा फोन उठ्दैन रे, उठेपनि राम्रो व्यवहार गरिदैन र हो ? यो कम्पेलेन १ जना २ जनाको होइन ,सयौँ, हजारौँ जनाको हो । फोन उठाउन र नेपाली जनताको सेवा गर्न भनेरै तपाइलाई तलब दिइएको हो । फेरी तिनै नेपालीसँग झर्को फर्को किन ? तिनकै लागि भनेर राज्यले तपाईलाई जागिर दिएको हो ।

मिठो बोल्नुहोस, नबुझ्नेलाई सय पटक, हजार पटक त के लाख पटक पनि सम्झाउनु होस । सोझा साझा नेपाली दाजु,भाइहरुले विदेशी भुमीमा धेरै कुरा बुझेका हुँदैनन ,त्यसैले सर म्याडमहरुलाई टनाटन सुविधा दिएर राखिएको हो । २, दलालले ठगेर विचल्लीमा परेका र एउटै कोठामा भेडा बाख्रा झै कोचीएर बसेका नेपालीहरुको गुनासो सुन्दै सुन्नु हुन्न रे हो ? यो एक जना दुइ जनाको होइन, सयौ, हजारौँ नेपालीको गुनासो हो ।

सरकारले तपाइहरुका लागि खाने बस्ने राम्रो सुवीधा दिएको छ । जाडोमा न्यानो र गर्मीमा सितल हुने वातानुकुलित कोठामा तपाई सुतिरहँदा विदेशमा पनि सडक, सेल्टर र गोठ जस्तो कोठामा कोचिएका नेपालीहरुको बारेमा न सोच्ने ? तपाईको सुविधामा ति कर्मठ नेपालीको पसीना गनाउँदैन, मगमग बास्ना आउँछ ।

अर्काको देशमा पसिना बगाउँदा बगाउँदै जिवन गुमाएका नेपालीहरुलको लाश नेपाल ल्याउनको लागि पनि तपाईहरु पहल गर्नु हुन्न रे ? यो पनि एक जना दुई जनाको होइन सयौँको गुनासो हो ।सबलाई थाहा छ तपाईहरु मध्य धेरै राजदुतहरु कति कति पैसा आफ्नो आस्थाको पार्टीलाई बुझाएर राजदुतको पदमा आउनुभएको हो ।

खैर जे होस अब राजदुत भैसकेपछि विदेशी भुमीमा मुत्यु भएको नेपालीको लाश बाकसमा पठाइदिन पनि किन पहल गर्नु हुन्न ? स्रोत साधन कर्मचारी पुग्दैन भने थप्नुस,सरकारलाई, परराष्ट्र मन्त्रालयलाई दबाब दिनुस,सक्नुहुन्न भने राजदुत हुने लोभ पनि त्याग्नुस ।

ससुराली,छिमेकी र आफन्तको अगाडी घिरौला जत्रो नाक पार्न मात्र राजदुत हुनु भएको हो भने अब पुग्यो राजिनामा गर्नुहोस । र अन्त्यमा विभिन्न देशमा छरिएका बाणिज्य दुत ज्युहरुलाई पनि अनुरोध छ , टाई सुट लाएर प्रमुख अतिथि बन्दै आसन र भाषण भन्दा माथि उठिदिनुहोस ।

सिधाकुरा तपाई तर्फ पनि लक्षीत हुने क्रममा छ । आसन र भाषण मात्र गर्नेको लिष्टमा आफ्नो नाम राख्ने कि हटाउने त्यो तपाईको आफ्नै हातमा छ ।

हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भैसकेकि एक युवतिकको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन ।

उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो । फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ ।
हामीले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।

भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् । साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।

हामीले अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिएका छौं ।

अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ ।

हेर्नुहोस आजको सिधा कुरा..