बुद्ध भारतमा जन्मेको भाषण छाँट्दै दलार्इ लामाले भने- नेपालीहरु ‘ननसेन्स’ हुन् (भिडियोसहित)

भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बुद्ध भारतमै जन्मेको बताएको छन् । उनले नेपालीहरुलाई मुर्ख भएका कारण नेपालमै जन्मेको बताउने गरेको आरोप समेत लगाए ।

लामाले ‘बुद्ध भारतीय हुन् र बेबकुफ नेपालीहरु बुद्ध नेपालमा जन्मिएका हुन् भनेर हल्ला फैलाउनु बकवास मात्र हो’ भन्दै भाषण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले आफ्नो एक भाषणका क्रममा बुद्ध भारतीय भएको र आफ्नो ज्ञान बाँड्न एशिया भरी यात्रा गरेको समेत बताएका छन् ।

प्रवचनमा उनले भनेका छन्, “केही नेपालीहरूले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भनिरहेका छन् तर यसले कुनै अर्थ राख्दैन ।” उनले वास्तवमा बुद्ध भारतमा जन्मेका हुन् भनेका छन् । उनले प्राचीन समयमा कुनै नेपाल भन्ने देश अस्तित्वमा नरहेको र त्यतिबेला एउटा सिङ्गो विशाल भारत देश रहेकोले बुद्धलार्इ भारतमा जन्मेको मान्न सकिने बताएका छन् ।

‘ती मुर्खहरु हुन् जो बुद्धलाई नेपाली हो भन्छन, विशाल भारतभित्र बुद्धको जन्म भएको थियो’ लामाले भनेका छन् । लामाको उक्त भिडियोप्रति नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले नेपालमाथिको धावा भन्दै आपत्ति जनाएा छन् ।

तत्कालीन् समयमा एउटा महान् भारतीय गुरुले भारत हुँदै पुरै एशियालार्इ नै बुद्ध-दर्शन पढाइरहेका थिए । यसरी बुद्ध-दर्शन भारतबाट चीन, बर्मा, थाइल्याण्ड, कम्बोडिया, श्रीलंका, लाओस, कोरिया, जापान, केही गणराज्यहरू आदि हुँदै रसियासम्म पुगेको बताएका छन् ।

प्रवचनमा लामाले आफूले कहिल्यै पनि बुद्ध धर्म मात्र सबैभन्दा उत्कृष्ट धर्म हो नभनेको बताए । उनले भने,”यो धर्म नै उत्कृष्ट धर्म हो भनेर हामी भन्न सक्दैनौं ।”

कुन ठाउँमा उक्त प्रवचन दिएको भन्ने एकिन नभए पनि भिडियोमा लामाको पछाडि देखिने भारतीय मूलका मानिसको उपस्थितिका कारण कार्यक्रम भारतकै कुनै स्थानमा भएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

दलार्इ लामाको यो विवादास्पद अभिव्यक्तिले आम-नेपालीको मन-मष्तिष्क र आस्थामा गहिरो ठेस पुर्याउने कुरा निश्चित छ, साथै यसले ऐतिहासिक प्रमाण र तथ्यहरूमाथि पनि ठाडै धावा बोलेको छ । लामाको उक्त अभिव्यक्तिप्रति सामाजिक संजालमा धेरै विरोध भएकाे छ ।

हेर्नुहोस् भिडियो