प्रकाशको मृत्युको खबरले श्रीमती सृजना बेहोस्, आमा समेत अस्पताल जान सकिनन् (भिडियो)

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्रशोक परेको छ । प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार विहान निधन भएको छ । लाजिम्पाटस्थित घरमै सुतेका प्रकाशलाई आइतबार विहानै अचेक अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा छ । आमा सीता दाहाल अस्पताल समेत आउन सकेकी छैनन् । चुनाव प्रचारका क्रममा झापामा रहेका प्रचण्ड छोराको निधनको खबर पाए लगतै हेलिकोप्टरबाट काठमाडौं आएका छन् । उनी केहीबेर अघि नर्भिक अस्पताल आइपुगेका छन् । प्रकाशकी पत्नी सिर्जना त्रिपाठी विहानै छोरासहित अस्पताल पुगेकी थिइन् । उनी अहिले बेहोस भएकी छन् र अस्पतालमा उपचार भइरहेको छ । यस्तै चुनाव प्रचारका लागि कञ्चनपुरमा रहेकी पत्नी विना मगर पनि आएकी छन् ।अस्पताल पुग्दा उनी भावविहल थिइन् ।
[youtube https://www.youtube.com/watch?v=jLlWFtLddbA&w=640&h=360]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.