शान्ति श्री परियार, सचिन भट्टराई र मिन बहादुर बि. क. को आवाजमा मर्मस्पर्शी गित ‘चिन्न सकिन’

लोकप्रिय गायक सचिन भट्टराई, शान्ति श्री परियार र मिन बहादुर बि. क. को आवाजमा ‘चिन्न सकिन’ बोलको मर्मस्पर्शी दोहोरी गित सार्वजनिक भएको छ। सचिन भट्टराईको शब्द, रमेश परियारको लय रहेको उक्त गीतमा सँगीत सम्योजन भने कृष्ण के .सी.ले गरेक छन्।

गितको म्युजिक भिडियोमा सुनिल बि. क. को निर्देशन तथा देबेन्द्र बब्लु, शुरक्षा ईटानी, सचिन भट्टराई र उर्मिला पुलामी मगर अभिनय देख्न सकीन्छ ।
वियोगान्त माया प्रेममा आधारीत गीत काठमाडौँ लगायतका ठाउँहरुमा छायांकन गरियको देख्न सकिन्छ। निकै मर्मस्पर्शी शब्दहरुले भरिएको उक्त गितमा वियोगान्त प्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गित Sachin Bhattarai कै अफिसियल युटुवमार्फत गित संसारभर रिलिज गरिएको छ ।

सचिन भट्टराई पछिल्लो समय उदयमान् गोरखाली गायकको रुपमा चिनिएका छन् । लाईभ दोहोरीमा निकै प्रख्खर भट्टराईले आधा दर्जन गितमा आवाज भरिसकेका छन् । नक्कली कान्छी, चोली ढाकाले, छड्के छाता, ‘वनैमा स्याऊला छ’ लगायत गितहरु चर्चाको शिखरमा छन् । भट्टराईले गाएका लाईभ दोहोरी पनि निकै रुचाईएका छन् ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :