लोकप्रिय गायक नरेश खाती र मेलिना राईको फुर्के रिबन बजारमा

नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल सर्जक तथा गायक नरेश खाती क्षेत्रीको सृजनामा नया गीत “फुर्के रिबान” बजारमा आएको छ।लोकप्रिय गायिका मेलिना राई र नरेश खाती क्षेत्रीले आवाज दिएको यो गीत अहिले मेक्सम नरेश युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।

नरेश खातिकै लय तथा शब्द सृजना रहेको गीतमा मेक्सम खातीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।मेक्सम लामो समय देखि अष्ट्रेलीयामा श्रीमतीसंगै बस्दै आएका छन।नेपाल आएकै मौकामा उनले बेला बेलामा केहि फरक शैलीको गीतहरुममा अभिनय गर्ने गर्दछन।यस अगाडी पनि केहि फरक खालको गीतहरुमा अभिनय गरिसकेका छन। गीत निकै उत्कृष्ट बनेको छ।

भिडियोमा मेक्सम खातिलाई दिपा शाहीले अभिनय मार्फत साथ् दिएकी छिन।भिडियो निर्देशन मौसम हिमालीको रहेको छ। पुरा भिडियो हेर्नुहोस :