ओमानमा सोनाम ल्होछार कार्यक्रम भब्यताको साथ सम्पन्न

टुक बहादुर रामदाम ,मस्कट ओमान

नेपाल तामाङ समाज समाज ओमानको आयोजनामा फेब्रुअरी ०९ तारिख २०२४  शुक्रबार ओमानको मस्कट स्थित अल्खुद अल रफा पार्टी हलमा मन्जु श्री सम्वत २८६० औँ डुक ल्हो मू पुख्री नयाँ वर्ष सोनाम ल्होछार वृहत सांस्कृतिक सातौं कार्यक्रम (२०८०) भब्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा ओमानका लागि नेपाली कुटनैतिक नियोग नेपाली राजदूतावास ओमानका महामहिम राजदुत श्री डोरनाथ अर्याल ज्यू आमन्त्रित प्रमुख अतिथिमा, आमन्त्रित अतिथि कलाकार रोज मोक्तान ज्यू  एवम विशेष अतिथिमा भूत पुर्व उपाध्यक्ष श्री डिबि क्षेत्री गैर आवासिय संघ अन्तर्राष्ट्रिय  समन्वय  परिषद रहेको थियो। साथै विशेष अतिथिमा उपाध्यक्ष  श्री रविद्र शिल्पकार गैर आवासिय नेपाली सोसल क्लब ओमानका रहेको थियो भन्ने विभिन्न संघ/ संस्थाको अतिथी प्रतिनिधि सहित प्रबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुको अधिकतम सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको  हो ।

समाजका अध्यक्ष श्री पासाङ मोक्तान ज्युको सभापति एबम संरक्षक फुर्बा रुम्बा तामाङ,सल्लाहकार उर्मिला वाइबा तामाङ, सल्लाहकार जोगेन मोक्तान ज्यू रहेको उक्त कार्यक्रमलाई  औपचारिक र सांस्कृतिक दुई चरणमा आयोजना गरी सम्पन्न गरिएको थियो ।

औपचारिक कार्यक्रममा सभापति, प्रमुख अतिथीलाई र अन्य अतिथिहरु लाई खादा/ ब्याज लगाएर स्वागत गरिएको थियो,भने कार्यक्रममा ज्ञ्यात अज्ञ्याद सहितहरु  देश तथा विदेशमा अकालमै ज्यान गुमाएका नेपालीहरुलाइ सम्झ्दै एक मिनेट मौन धारण बाट सुरु भएको कार्यक्रममा, प्रमुख अतिथि र विशेष अतिथिका साथै सभा अध्यक्ष बाट कलशमा दिप प्रज्जोलन गरि कार्यक्रम उद्धाघाटन गरिएको थियो। राष्ट्रीय गान गाउदै कार्यक्रम हलमा रहेका अतिथी र नेपाली दाजुभाइ,दिदीबहिनि हरुले उठेर नेपाललाई सम्झिएका थिए । स्वागत मन्तव्य समाजका अध्यक्ष श्री पासाङ मोक्तान ज्यु ले दिनु भएको थियो,स्वागत नृत्यमा समाजका कलाकार मुस्कान तामाङ,शिखा तामाङ,ज्ञान बहादुर तामाङ,देबेन्द्र तामाङ ज्यु ले नृत्य प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रम संचालकमा  सानुमाया तामाङ र सन्जय तामाङ ( भाई कान्छा) ले गर्नु भएको थियो।
सांस्कृतिक कार्यक्रममा नेपालका बहुचर्चित सेलो,पप, गितका  लोकप्रिय ख्याती प्राप्त कलाकार श्री रोज मोक्तान ज्यु एबम विभिन्न संघ/ संस्थाका स्थानिय कलाकारहरुको बेजोड सांगेतिक  प्रस्तुती प्रदर्शन गरिएको थियो। कार्यक्रममा तामाङ भेष, भुषामा सजिएर नेपाल बाट उपस्थित हुनु भएको रोज मोक्तान ज्युले सांगेतिक प्रस्तुति सेलो,पप, गितले दर्शक र श्रोताहरुको इच्छा चाहाना अनुरुप भरपुर मनोरञ्जन प्रदान गर्नु भएको थियो।

उक्त कार्यक्रममा प्रमुख अतिथी ओमानको लागि नेपाली राजदूत महामहि डोरनाथ अर्याल ज्युले तामाङ समाज ओमानले गरेका सोनाम ल्होछार भव्य र सभ्यका साथ सम्पन्न भएको सकारात्मक कामको प्रसंशा गर्दै भोलिका दिनमा पनि यस्तै राम्रा राम्रा काम गर्दै अघि बड्नु होला भन्दै सल्लाह सुझाव दिदै नेपाल भित्र रहेका सबै भाषा,धर्म र सस्कृतीको संरक्षण गर्नु हामी सबै नेपाली हरुको  कर्तव्य रहेको बताउनु भयेको थियो।

कार्यक्रममा समाजका वरिष्ठ ब्यक्तित्व ज्युहरुले समाज लाई पुर्याउनु भएको भुमिका र योगदानको कदर गर्दै, समाजका शुभ चिन्तक एबम सहयोगी ब्यक्तित्व e6 Holiday Travel, Air Arabia ,सन्तोष मगर,चन्द तमुस्यो,इन्दिरा तमुस्यो र मस्कट किङ गुरुप ,सन्तोस कट्टुवाल लगताय सम्पूर्ण सहयोगीहरुले संस्थालाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै प्रसंशा पत्र सम्मान गरिएको  थियो ।