गो-ड्राईभर-बा फाउण्डेशनद्वारा १० जना गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई ठूलो धनराशीको छात्रवृति वितरण।

रुद्र ढकाल (हलोवाला) लन्डन,

“दक्ष जनशक्तिमा लगानी नै देश बिकासको मेरुदण्ड हो।” भन्ने कुराको पहिचान गर्दै गो-ड्राईभर बा मेमोरियल फाउण्डेशनले विभिन्न जिल्लाका १० जना गरीब तथा जेहन्दार विद्यार्थीहरुलाई आफ्नो कल्याणकारी कोषबाट छात्रवृति प्रदान गरेको छ।

यही माघ १६ गते मंगलबारका दिन गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँ पालिका वडा नं – ४, सौरपानी, ग्याजी फाँट स्थित यस बारपाक (Barpak Polytechnic) बहु-प्राविधिक शिक्षालयमा पुगी फाउण्डेशनका स्वयंसेवकहरुले पालिकाको अध्यक्ष सहितको एक बिशेष टोलीको उपस्थितिमा जिल्लाकै नमूना रुपले ठूलो संख्याका बिद्यार्थीहरुलाई बृहत धनराशीको छात्रवृति वितरण गरेको हो। यस बहु प्राबिधिक कलेजमा विभिन्न जिल्लाबाट ठूलो संख्यामा बिद्यार्थीहरु आई प्राबिधिक शिक्षा अध्यायन गरीरहेका छन्। उक्त छात्रवृति वितरण समारोहमा बारपाक-सुलिकोट गाउँपालिकाका बर्तमान अध्यक्ष बिष्णु प्रसाद भट्ट, शिक्षालय प्रमुख सुवाश ओलीया तथा उक्त पोलीटेक्निकल कलेजका सम्पूर्ण शिक्षक-शिक्षिकाहरु लगायत फाउण्डेशन ट्रष्टका प्रतिनिधिहरु र अन्य सामाजिक ब्यक्तित्त्वहरुको समेत बाक्लो उपस्थिति सहभागी रहेको थियो।

गो-ड्राईभर बा स्मृति छात्रवृति कार्यक्रम बारे प्रकाश पार्दै संस्थाको तर्फबाट स्थानीय स्वयंसेवी तथा फाउण्डेशनका कोषाध्यक्ष दिपक ढकालले – ७ जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ७/७ हजारका दरले रु. ४९,०००/- अक्षरेपी (उनन्पचास हजार रुपैयाँ) र ३ जना विद्यार्थीहरुलाई जनही २/२ हजार रुपैयाँ बराबरको अति आबश्यक कापी, कलम, ड्रईङ्ग पेपर जस्ता अन्य मसलन्द सामग्रीहरु गरी जम्मा रु. ५५,०००/- (पचपन्न हजार) बराबरको छात्रबृति रकमको चेक बारपाक-सुलिकोट बहुप्राबिधिक शिक्षालयमै पुगेर त्यहाँ उपस्थित भएका स्थानीय जनप्रतिनिधिहरु तथा शिक्षक, अभिभाबक र बिद्यार्थीहरु माझ हस्तान्तरण गरिएको हो, भनी बताए। उनका अनुसार छात्राबृति पाउनेमा क्रमश: निम्नलिखित बिद्यार्थीहरु रहेका छन्:

१) मनिष लोहार – हुम्ला जिल्ला।
२) अंकुश गुरुङ – अजिरकोट गा.पा. गोर्खा।
३) सुष्मा नेपाली – आरुघाट गा.पा. गोर्खा।
४)निर्मला गुरुङ्ग – आरुघाट गा.पा. गोर्खा।
५) उषा सुनार – पदमपुर, चितवन।
६) सुन माया गुरुङ्ग : चुनमुम्ब्री गा.पा. सिर्दिवास, गोर्खा।
७) सञ्जु बि.क. – आरुघाट गा.पा. गोरखा।
८) गणेश ढकाल – बारपाक-सुलिकोट गा.पा. गोर्खा।
९) पुनम चेपाङ – गण्डकी गा.पा. गोरखा।
१०) सुप्रभा बुढा – हुम्ला।

यसैगरी यस अघि पनि यस लोक कल्याणकारी सामाजिक संस्था गो. ड्राईभरबा मेमोरियल फाउण्डेशनले आफ्नो स्थापना कालको छोटो समयमा नै स्वाँरा बुङ्ग्दुलका एक मगर घरपरिबारलाई उनको घर आगोलागी भई खाने अन्नपात तथा लत्ताकपडाहरु जल्दा आकस्मिक रुपले राहत सहयोग गरेको थियो। त्यस्तै मानसिक अबस्था ठीक नभई औषधी सेवन गरी रहेका गोर्खा अजिर्कोट गाउँपालिकाका एक नाबालक र बारपाक-सुलिकोट गाउँ पालिका कै एकजना मानसिक बिमारी महिलालाई उनको परामर्स दाता (सोसियल वर्कर) तथा फार्मेसीसँग सिधै समन्वय गर्दै एक बर्षकोलागि औषधीको ब्यबस्था पनि गरिदिएको छ। यस बाहेक गत वर्ष दुवै बाबुआमा स्कूटर दुर्घटनामा परी मरेका कास्कीका एक मगरका टुहुरा परिबारलाई समेत राहत सहयोग गरेको थियो।

गो ड्राईभरबा फाउण्डेशनका संस्थापक तथा बोर्डका ट्रष्टी बेलायतबासी रुद्र ढकालका अनुसार – “अहिलेको हाम्रो साझा कर्तब्य र उद्देश्य भनेको नै स्थानीय सरकारसंग साझेदारी गरी – देश बिकासको मेरुदण्ड मानिने “युवा जनशक्तिमा लगानी गर्ने हो।” “अब नेपालमा दिगो बिकासको जग बसाउने हो भने – “दक्ष जनशक्ति” को उत्पादनमा यसरी नै सबैले आ-आफ्नो तर्फबाट बिद्यार्थीहरुलाई हौसला तथा टेवा पुर्याउनै पर्छ। यही लक्ष्यका साथ, बारपाक-सुलिकोट गाउँपालिका स्थित स्थानीय कल्याणकारी सामाजिक संस्था – ‘गो-ड्राईभर-बा मेमोरियल फाउनण्डेशन ट्रष्ट’ ले हिंजो एक समारोहको बीच नेपालका विभिन्न जिल्लाहरुबाट बारपाक पोलिटेक्निकल कलेजमा आई गहन किसिमले बैज्ञानिक खोज तथा अनुसन्धान र परिक्षण गर्दै पढीरहेका विभिन्न समुदायका गरीब तथा जेहन्दार बिद्यार्थीहरु मध्ये १० जनाको निबेदनलाई छनौट गर्दै अहिले सम्मकै ठूलो संख्यामा बृहत धनराशीको छात्रवृति प्रदान गरेको हो।”

ढकालले थपे अब भने यस संस्थाको लोक कल्याणकारी सहयोगलाई परिमार्जन गर्दै बिशेष गरी दक्ष जनशक्ति उत्पादोन्मुख क्षेत्रको बिद्यार्थीहरुलाई लक्ष्य गर्दै यस्तै किसिमको कल्याणकारी छात्रवृतिमा बिशेष जोड दिने र यो क्रम हरेक बर्ष निरन्तर रुपले चलिरहने छ। त्यस्तै अबको सहयोग अन्य संघसंस्था तथा सम्भावित दाताहरुसंग समन्वय गर्दै अन्य व्यक्ति तथा संघसंस्थाहरुबाट सहयोग नपाएका बिद्यार्थीहरुलाई मात्रै केन्द्रित गरी आबश्यक आर्थिक तथा भौतिक सामग्रीको सहयोग गरिने छ।

बेलायतबाट आफ्नो फेसबुक वालमा पोष्ट अपडेट गर्दै रुद्र ढकालले भने – “मैले झैं सबैले देशको शिक्षा र स्वास्थ्य जस्ता अत्यावश्यक बिषयमा यसरी नै सबैले लगानी गरे मात्रै राम्रो तथा दक्ष जनशक्ति उत्पादन भई नेपाल भन्ने देश चाँडै नै उँभो लाग्छ। बिकासको आधार दक्ष जनशक्तिमा लगानी नगरे कसरी देश आत्मनिर्भर हुने त? यही उद्देश्यले नै मैले यस गो ड्राईभरबा मेमोरियल फाउन्डेसन मार्फत बिभिन्न जिल्लाबाट यस बारपाक-सुलिकोट बहुप्राविधिक कलेजमा आई पढीरहेका विभिन्न समुदायका गरी एकैचोटी १० जना गरीब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिने ब्यबस्था गरेको हुँ।”

यस छात्रवृती प्रोग्रामको दीर्घकालीन फण्डिङ् योजना अर्थात् “कोष” को सन्दर्भमा फाउण्डेशनका संयोजक तथा बोर्डका ट्र्ष्टी रुद्र ढकालले भने – मैले विभिन्न उद्देश्यका साथ् बेलायत आईपुगेका विभिन्न व्यक्तिहरुलाई आफूले स्वयंसेवकको रुपमा दिनरात उनीहरुको सेवा गर्दै तिनीहरुको जिन्दगीमा नै अकल्पनीय किसिमले उन्नति र सुधार गरीदिएको छु। यसकोलागि उनले स्वतस्फूर्त ढङ्गले सेवाग्राहीहरुलाई महिनौंसम्म अनौपचारिक किसिमले आफ्नो अमूल्य समय दिई व्यक्तिगत सपोर्ट तथा प्रशासनिक कामहरु तथा बिशेष गरी करियर एड्भाईस दिएर उनीहरुको परिवारको पूरै जिन्दगी नै परिबर्तन हुने गरी सेवा दिए बापत ती सन्तुष्ट सेवाग्राही व्यक्तिहरुले स्वेच्छिक रुपले आफूलाई दिएको व्यक्तिगत पारिश्रमिकबाट नै छात्रवृतिको श्रोत जुटाउने गरेको बताए।

उनले अरुले विभिन्न दाताहरुसँग त्यतिकै बढाईचढाई बनावटी र काल्पनिक दु:खहरु देखाएर मौखिक रुपले चन्दा मागेकै भरमा संस्था चलाएका छन् तर आफूले भने आफ्नो जागीरको काम बाहेकको नीजि समयमा दिनरात नभनी अरुको व्यक्तिगत सहयोगी बन्दै उनीहरुलाई आफ्नो लक्ष्य अनुसारको काममा सफलता हुने गरी मार्ग दर्शक बन्दै संस्थाको श्रोत जुटाएको बताए।

उनले आफूले अरुको सिभि बनाउन सहयोग गर्ने देखि जागीरको ईण्टरभ्यूको पूर्ब तयारी तथा अन्य सपोर्टिङ्ग तथा गाईडिङ्ग र करियर एड्भाईसहरु समेत गरिदिएर ती मानिसहरुको जिन्दगी नै परिबर्तन गरिदिने गरेको बताए। यसको अलावा बिभिन्न मानिसहरुको दैनिक प्रशासनिक कामहरुमा सहयोग गरे बापत ती सेवाग्राहीहरुले आफूलाई व्यक्तिगत रुपले आफैं खाऊ भन्दै दिने गरेको पारिश्रमिकलाई समेत आफूले नलिईकनै सोझै संस्थाको खातामा जम्मा गर्न सुझाब दिंदै यो समाज कल्याण कोषको स्थापना गरेको बताए। उनले पढाईमा प्रगति गर्न चाहने तथा आफूभन्दा निम्न आयश्रोत भएका गरीब बर्गका बिद्यार्थीहरुको भलाई तथा प्रोत्साहन स्वरुप यस गो ड्राईभरबा फाउण्डेशन मार्फत यो सामाजिक कोष खडा गरेको बताए।

यदि तपाईंहरु कसैलाई गो ड्राईभर बा फाउण्डेशन मार्फत नेपालको दक्ष जनशक्ति उत्पादनको यस महान परियोजनामा हातेमालो गर्दै कुनै गरीब तथा जेहन्दार बिद्यार्थीलाई स्पोन्सरशीप गर्न चाहनु हुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नु होला अर्थात् यस गो ड्राईभर बा फाउण्डेशनको निम्न लिखित बैङ्क खातामा सोझै रकम पठाई व्यक्तिगत तथा संस्थागत रुपले नै सहयोग गर्न सक्नु हुनेछ। धन्यबाद।

बैङ्कको नाम: ग्लोबल आई एम ई बैंक (Global IME Bank);
खातावालाको नाम: गो ड्राईभरबा मेमोरियल फाउण्डेशन ट्रष्ट “GO-DRIVER BA MEMORIAL FOUNDATION TRUST”,
एकाउण्ट नम्बर: २४८ ०१ ००१ १७३२ (248 01 01 001 1732)
शाखा कार्यालय: बारपाक-सुलिकोट गा. पा., गोर्खा नेपाल (Barpak-Sulikot, Gorkha, Nepal)