८ बर्षको बालकलाइ सौतेनी आमाले झुन्डाएर मारेको भन्दै माइजु रुँदै आइन, साली भेना कोठामा मस्त सुतेका थिए (भिडियो सहित)

उर्लाबारी । मोरङको उर्लाबारी–६ मा एक जना बालकले आत्महत्या गरेको घटना रहस्यमय बनेको छ ।जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झुण्डाएर मारेको आमा तुलसा दियालीले आरोप लगाइन् । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छिन् ।

बालक दियाली घर अगाडि सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो । घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आत्महत्या गरेका थिए । आत्महत्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आत्महत्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म कार्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेका छन् । मृतकको माइजु संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।