गंगा किनार शवले भरिएपछि हरेक दिन ६०–७० शव बगेर आउँन थाले, शव जलाउन दाउराको कमि हुन थाल्यो (भिडियो सहित)

एजेन्सी । उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।

घाटमा पूजा पाठ गर्ने पण्डितका अनुसार पहिले पनि यहाँ ८ देखि १० वटा शव बगेर आउँथे । पछिल्लो एक महिना यो संख्या बढेर दैनिक ६०–७० शव पुगेको छ । कुनै दिन त १ सय वटा शवसम्म भेटिएको छ । एक महिनामा ४ हजारभन्दा बढी शव आइसकेको उनीहरुको भनाइ छ । तल भिडियोमा हेर्नुहोला ।