५ रुपैयामा खान बेच्ने कुमारले फेरी गरे डरलाग्दो काम , ६ करोड ठगि गर्नेलाई रातारात समातेर यस्तो गरेछन (भिडियो सहित)

झापा ,दमक । ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना पेटभरि खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो झापाको दमकस्थित पश्चीम बस स्टेण्ड नजिकै रहेकाे गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा कपडाले बेरेकाे एउटा स्टल रहेकाे छ । अगाडी पट्टी केही टेवल र कुर्सी पनि राखिएकाे छ । हाे यही स्थानमा ५ रुपैयाँमा सादा खाना र १० रुपैयामा मासु खाना खान पाइन्छ । दमकका युवाहरुले बुधबारदेखि एउटा सकारात्मक अभियान सञ्चालन गरेका छन्।उनीहरुले भोकाएका मानिसलाई शुद्ध खाना खुवाउने र खाना खाएका ग्राहकहरुबाट संकलित रकम मिर्गौलाको समस्याबाट पीडित २५ बर्षिय एक युवाको उपचारका लागि खर्चिने अभियान चलाएका थिए ।

इलाम चुलाचुली ५ का २५ बर्षिय शुकराज लिम्बुका दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने उदेश्यले ५ रुपैयाँमा एक छाना भात खुवाउने अभियान चलाइएको थियो । अभियानको लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एवानको नेतृत्वमा समेत रहनु भएका लोकतान्त्रिक व्यवसायी संघ दमकका अध्यक्ष बबरजंग थापा किरणले थालनी गरेका छन् ।सहयोगी दाताहरुले खाना खाएर दिएको पैसा कुमार राइले दुवै मिर्गौला फेल भएर उपचार गर्दै गर्नु हुने बिरामीलाई काठमाडौँ पठाईदिनु भएको छ । हाल केहि कारणले गर्दा यो काम रोकिए पनि कुमार राइ समाज सेवाको काम मा सक्रिय भएर लागेका छन् । फेरी अहिले उनले बैदेशिक रोजगारमा ठगि गर्ने ठगलाइ समाएर मिडियामा आएका हुन् ।