हिउले बाटो अबरुद्ध भएपछी अन्तिम सेड्युलको लागी कलाकार हेलीकॉप्टर बाट ओसार पसार

‘प्रेम गीत ३’को डेढ महिनादेखि मनाङमा छायांकन भैरहेको छ । १ सय भन्दा धेरैको संख्यामा मनाङमा रहेको प्रेम गीत टिम अबको एक हप्तामा छायांकन सकेर काठमाडौँ फर्किनेवाला छ ।अहिले चलचित्रको अन्तिम भागको छायांकन धमाधम भैरहेको छ । यद्यपी हिउँले बाटो छेकेपछि काठमाडौँदेखि हेलिकप्टरमार्फत केहि कलाकारलाई मनाङ ल्याइएको छ ।

हिउँले आवतजावतमा समस्या आएपछि हामीले चलचित्रका मुख्य कलाकार शिव श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, बालकलाकार अनुभव रेग्मी , सुजल बस्नेत लगायतलाई हेलिकप्टरमार्फत मनाङमा ल्याएका हौं । साथै, सोहि हेलिकप्टरमार्फत हाम्रो चलचित्रका अग्रज कलाकार सुनिल थापा लगायत केही कलाकार को छायांकन सकेर काठमाडौँ फर्किनुभएको छ ।आगामी चैत २८ गतेदेखि नेपालभर प्रदर्शन हुने यो चलचित्रलाई सबैतर्फबाट राम्रो गराउन कुनै कमी नराख्ने सोचअनुसार विगत एक बर्षदेखि निकै मिहेनत गरेका छौं ।