नवीन पुरीको निर्देशनमा ‘पहिलो भेटमै’ सार्वजनिक

काठमाडौं । नेपाली फिल्म उद्योगमा विगत बीस वर्षदेखि प्रोडक्शन म्यानेजरको काम गर्दै आएका नवीन पुरीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पर्यटकीय नगरी मुस्ताङमा छायाङ्कन गरिएको ‘पहिलो भेटमै’ गीतको भिडियो सार्वजनिक भएको हो ।

योगेन डोलीको शब्दमा ‘पहिलो भेटमै’लाई मिलन सुर्खेतीले स्वरबद्ध गरेका छन् । गीतलाई गायक सुर्खेती आफैले संगीतबद्ध गरेका हुन् । त्यस्तै गीतलाई रिकेश गुरुङले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा अलिशा पुन मगर र जितेन प्रधान फिचर्ड छन् । शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

भिडियोलाई राजेश मास्केले निर्माण गरेका हुन् ।