गाडी भित्र पानि बेच्ने यी युवाले महिलालाइ जिस्काएपछि मचियो हंगामा, सबै यात्रु हाँसेको हास्यै (भिडियो सहित)

मोरंग । मानिस जस्तोसुकै पेशा अंगालेको होस्, उसभित्र केहि न केहि प्रतिभा हुन्छ नै । फरक यत्ति हो कि कसैले आफूभित्रको प्रतिभालाई सजिलै प्रस्फुटन गर्ने अवसर पाउँछन् त कसैले त्यस्तो अवसर पाएकै हुदैनन् । मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवाको प्रतिभा देखेर जो कोहि पनि ‘वाह’ भन्न बाध्य हुन्छ ।

मोरंगको पथरीमा सडकमा पानि बेच्ने एक युवा बिबेक परियार जो पानि मात्र बेच्ने हैन गाडीमा सवार गर्ने यात्रुहरुलाई पानि बेच्दै मनोरंजन समेत दिने गर्छन । २२ बर्षिय बिबेक परियार सामान्य परिवारका हुन् । उनि दिनभरि सडकमा गाडी भित्र गएर पानि बेच्ने काम गर्छन भने जाडो समयमा ट्याक्टर चलाउने काम गर्छन ।

उनि नेपालका चर्चित हास्यकलाकारको दुरुस्तै अभिनय गरेर गाडी भित्रका यात्रुहरुलाई हसाउदै पानि बेचेर आफ्नो गुजारा चलाउछन् । उनीमा क्यारिकेचर मात्र नभएर राम्रो गित गाउने क्षमता पनि छ । उनलाई गाउँलेहरुले नक्कली पाण्डे भनेर बोलाउने गर्छन । आर्थिक अवस्था कम्जोर भएर प्रतिभालाइ राम्रो ठाउमा गएर प्रस्तुत गर्न नसकेको उनले बताए । आखिर गाडी भित्र पसेर के के भन्छन त बिबेक ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।