भिटेनलाइ जेल हाल्ने सरकारनै सबै भन्दा अस्लिल गतिबिधि गर्ने पार्टी भन्दै सुरेन्द्र केसीले गरे पर्दाफास

चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् उनि पक्राउ परे संगै बिभिन्न विश्लेषकहरुले उनको पक्ष लिदै यो बेला भिटेन को बचाउ गरेका छन।एता सुरेन्द्र केसीले पनि आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका छन। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।वास्तविक नाम समीर घिसिङले ‘गरिबी … गीतबाट र्‍याप यात्रा थालेका थिए । दर्जन बढी गीत गाइसकेका उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो ।

त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो । उनलाई अभद्र व्यवहारको मुद्दा चलाइन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ ।