दलालीहरुको राज भएको एयरपोर्ट काण्डको पर्दाफास गरे लोक गायक सुर्य खड्काले :३३ किलो सुन छिर्ने एरपोर्टमा २ पोका मिठाई छिरेन (भिडियोसहित)

गायक गायिकाहरुले समाजमा भएका विकृति र विसंगतीलाई गीतमार्फत दर्शक श्रोतामाझ सार्वजनिक गर्ने गर्दछन् । त्यसको पछिल्लो उदाहरण भने गायक पशुपति शर्मा । उनको ‘लुट्न सके लुट’ ले नेपाली राजनीतिक बजारमा तै तहल्का मच्चायो । सामाजिक सञ्जालहरुमा उक्त गितको पक्ष विपक्षमा कडा चर्काचर्की नै भयो । उक्त गीतमा नेपालको राजनीतिक वास्तविकलाई सोधो शब्दमा उतारिएको थियो । त्यस्तै अर्का गायक सुर्य खड्काले पनि नेपालका त्रिभुवन विमान स्थलमा पदेशीले पाउनुपरेको पीडालाई गीतमा उतारेका छन् ।

विदेशीएकी नेपालीको रेमिट्यान्सले चलेको मुलुकमा उनीहरुले आफ्नो बच्चाका लागि भने ल्याइएको चकलेट पनि भन्सारले समातेपछि उनले परदेशीले नेपालको एयरपोर्टमा पाएको दुःखलाई गीतमार्फत सार्वजनिक गरेका हुन् ।

३३ किलो सुन छिर्ने एयरपोर्ट बाट छोरी लाइ दुई पोका मिठाइ पनि नछिरेको यथार्थ गित मा समेटिएको छ । जापानमा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखे गीत मार्फत “गरिब जनताको दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन । गीतकार शिव अखेलीको शब्द रचना अनि सुर्य खड्का कोलय अनि सुमधुर आवाजमा सजिएको एअरपोर्टकाण्ड आजबाट सुर्य खड्का अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ।

त्रिभुवन बिमानस्थलको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियम त सबैलाई थाहा नै छ” यो नियम लाइ लाखौं प्रदेशिकोको चित्त समेत बुझेको छैन” जापान मा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखे गीत मार्फत” गरिब जनताको दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन। ”

यस्तो छ भिडियो