बर्षौ पछि फेरी रामजी खाडले मेलिना राई संग गाए दुनिया चकित बनाउने दोहोरी गीत,एकै दिनमा एति धेरैले हेरे

कमल सरगम-काठमाण्डौ।नेपाली लोक संगीतका एक होनहार गायक तथा मोडल रामजी खाड र सुगम संगीतकि चर्चित गायिका मेलिना राईको आवाजमा उत्कृष्ट लोकदोहोरी गीत “ढल्के बर”बजारमा आएको छ।लामो समयको अन्तरालमा रामजी खाडले एउटा आसलाग्दो गीत बजारमा ल्याएका हुन्।मेलिना राई संग पहिलो पटक उक्त गीतमा आवाज दिने अवसर रामजी खाडले प्राप्त गरेका छन।

रामजी खड्कै लय र घनश्याम रिजालको शब्द रहेको गीतमा रामजी खाड र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ।रामजी खाडले आफ्नै अफिसियल युटुब मार्फत यस गीतलाई सार्बजनिक गरेका छन।गीत निकै उत्कृष्ट बनेको छ।मौसम हिमालीको निर्देशनमा तयार भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् भने छायांकन करण चैसिरले गरेका छन।भिडियो चर्चामा रहेको छ।
भिडियो हेर्नुहोस :