सबैको आँखामा आँशु आउनेछ , ८० बर्षको उमेरमा यस्तो बिजोक , खाना नभए पछि पानी मात्र पिएर बस्छन (भिडियो सहित)

दमक झापा । एक यस्तो जोडी जो एकजनाले खादा अर्कोको भोक हराउछ । यो चिसोमा घरको सिरकभित्र पनि मानिसहरु कामिरहेका हुन्छन् । तर, श्रवण र लक्ष्मी खुला आकाशमुनि परालको बिछ्यौनामा कसरी दिन काटिरहेका होलान् ? मानिसहरु एक छाक खान नपाउँदा छट्पटाउँछन् । तर, कैयौँ दिन भोकभोकै श्रवण कसरी मुस्काउन सकेका होलान् ?मानिसहरु सानो चोट लाग्दा ऐया आत्था गर्दै अस्पताल धाउँछन् तर, ट्रकले हिर्काएर हल न चल भएकी लक्ष्मीले विनाऔषधी कसरी दिन गुजार्न सकेकी होलिन् ?

मानिसहरु एकछिन झरीमा रुझ्दा शरीरको पार्टपुर्जाले राम्रोसँग काम गर्न छाड्छ । तर, गतिलो हावा नछेक्ने झिलापित्रा त्रिपालमुनि दिनहुँ लुछुप्पै परेर कसरी स्वास फेरिरहेका होलान् श्रवण-लक्ष्मी ? कल्पना मात्र गर्दा पनि आङ सिरिंग भएर आउँछ ।लाग्छ, यो अद्भुत शक्ति उनीहरुबीचको प्रेमकै देन हो । र, नाफा-घाटामा प्रेमको व्यापार गर्ने आधुनिक मानिसहरुका लागि यसरी चरम अभावबीच पनि प्रेम जीवितै रहन सक्छ भन्ने ठूलो सन्देश हो ।कृपया यो भिडियोलाइ धेरै सेयर गर्दिनुहोला । सबै नेपाली सम्म यो भिडियो पुगोस !