कस्तो अचम्म फेरी अशोक दर्जी जस्तै बालक भेटीए, टंकले भेटेर खुलेर तारिफ गर्दै बिक्रमलाइ यसो भने (भिडियो सहित)

दमक झापा । अत्यन्तै बिपन्न परिवारमा जन्मिएका बाल गायक अशोक दर्जी सडकमा गित गाएर ८ बर्षको उमेरमा आफ्नो परिवारलाइ आर्थिक रुपमा सहयोग गर्थे । सानो उमेर, च्यातिएका कपडा र धुलो मैलो भएर सडक सडकमा गित गाउँदै २/४ रुपैया माग्दै दुख गर्थे ।त्यस्तै झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ ।

बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् ।सम्पूर्ण नेपाली माझ पुराउन सबैले यो भिडियो धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।