प्रमोद खरेलले ल्याए फेरी अर्को परदेशी रूहाउने मार्मिक दशैं आधुनिक गीत “परदेशी”भिडियो

सुगम संगीतका सर्बप्रीय गायक प्रमोद खरेलले स्वर भरेका नयाँ गीतको भिडियो आज देखि सार्बजनिक भएको छ । लाखौं परदेशी युवाहरुमा समर्पित रहेको उक्त गीत “ म तिम्रो परदेशी मायाँलु “ मा चर्चित सर्जक प्रेम सागर पौडेलको संगीत रहेको छ भने प्राप्ति पौडेलले शब्द रचना गर्नु भएको छ ।भिडियो तर्फ भने अभि सुनार र करिश्मा श्रेष्ठको दमदार अभिनय हेर्न सकिन्छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको भिडियो लाइ रोहित बिक्रम कार्कीले खिचेका हुन् भने सम्पादन मिलन बिश्वकर्माले गरेका हुन् । सोहि गीत गाइसके पछि गीतले परदेशी युवाहरुको मन जित्ने कुरामा बिस्वस्त रहेको कुरा गायक प्रमोद खरेलले बताएका छन् । साथै यो गित गाउदा चर्चित गाएक प्रमोद खरेल पहिलो पटक यति धेरै भाबुक भएको कुरा ब्यक्त गरेका थिए । उक्त गीतले सबैको मन जित्ने आशा राखिएको छ । प्रेम सागर पौडेलका “तिम्रो मिठो मुस्कानमा ,सम्झ त प्रिय ,नशा पिउने बानी भयो,पहिलो मायाले धोका दियो,ढुङ्गाको मन हुनेलाई,धनलाई माया गरिरइछौ,हिजो सम्म दुइटा मुटु,मलाई त बिर्सिन्छौ होला तिमिले,मेरो मुटुमा तिमी छौ,आज भोलि तिमिलाई मेरो याद,तिमिलाई छोडेर परदेशमा,म मरेको खबर,जस्को लागि म लाई छोड्यौ ,मन माग्यौ मन दिए ,यी आखाले रोज्यो तिमिलाइ नै अब ,तिम्रो मायाको भोगी भए म लगाएतका गितहरु चर्चामा रहेका पनि छन् ।भिडियो लिंक :