मृत बच्चा जीवित भेटिएको भन्दै अस्पतालमा तोडफोड (भिडियो सहित)

उपचारमा लापरवाही गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । अहिले अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ । रुपनी गाउँपालिका ६ तेरहौता निवासी अशोक साहका ढेड बर्षीय छोरा अरब साहलाई शुक्रबार साँझ अस्पताल ल्याइएको थियो । लडेर बेहोस भएको परिवारको भनाइ थियो । चिकित्सकले भने बच्चाको मृत्यु भइसकको भन्दै पोष्टमार्टममा पठाएका थिए । तर, शनिबार विहान बच्चाले आँखा खोलेको र र्‍याल निकालिरहेको देखेको भन्दै अस्पतालमा तोडफोड गरेका छन् ।अन्य घटना के के भए त ? तल भिडियोमा हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=rjwdKHIyMvg]