प्रेम गीत २ अत्याधिक चर्चामा पुगे पछि खोले प्रेम गीत ३ अगाडी मेरी मामु बनाउनुको रहस्य !किन राखिएन प्रदिप खड्का ?पढ्नुहोस

आमा र छोराको विचको सम्बन्ध¸उतारचढावको बारेमा धेरै चलचित्र बने होलान विदेशमा । यहा पनि केहि एकाध चलचित्र बनेका छन तर एउटी महिला किन आमा बन्न चाहन्छे ? कस्तो सन्तानको आशा राख्छे?कति सम्म त्याग गर्ने सक्छे आफ्नो सन्तानको लागी ? सन्तान जन्माएर मात्र आमा कहलिन्छे वा कहलिन्न ? अन्य बच्चामा पनि आफ्नै सन्तानको प्रतिविम्ब देख्छे या देख्दिन ? शब्दमा शाब्दिक तर्कहरु प्रस्तुत गर्न नसके पनि उस्ले कस्तो खालको ममता चाहेको छ ?

जो आफुसंग छैन किन उसैलाई मात्र सम्झिन्छ र जस्ले अगाध माया गर्छे उस्मा किन आमाको रुप देख्दैन ? यिनै एउटि ममतामयी आमा र अबोध बालक विचको अन्तरद्धन्द¸ माया खोजिरहेको मायाको भोको र माया बाडन नपाएकी महिला विचको मनोबैज्ञानिक कारणहरुमा केन्द्रित रहेर हामिले निर्माण गर्ने चलचित्र “मेरी मामु” ।जन्माएर आफ्ना सन्तानको तिरस्कार गर्ने महिलाहरु पनि छन समाजमा¸ फोश्रो सामाजीक संस्कारमा रहेर आमाको परित्याग गर्ने सन्तान पनि छन यहि समाजमा ।

आमा शब्दको परिभाषा बयान गर्न खोज्यो भने त्यो मुर्खता हुनेछ आमा भनेपछी त्यो भन्दा माथी केही छैन । हामिले किश्साहरुमा सुन्छौ¸कथाहरुमा पढछौ कि सन्तानको लागी एउटी आमाले आफ्नो मुटु पनि झिकेर सन्तानको हातमा दिन्छिन¸त्यो सन्तान आमाको मुटु लिएर आफ्नि मायालुको समिपमा दौडेर जांदा लडछ¸अनि त्यहि आमाको मुटुले यसो भन्छः बाबु तिमिलाई चोट त लागेन नि ?

सम्हालिएर हिडनु बाबु….. कहानि मै सुन्छौ हामि कि तिनवटा स्याउ चार जना सन्तानलाई बराबर खुवाउन आमाले मात्र सक्छिन… सन्तानलाई खुवाउदा आफ्नो भाग रित्तिय पनि मलाई भोक नै लागेको छैन भनेर खुशि हुने आमा मात्र हुन… सन्तानले हजार प्रश्न बारम्बार गर्दा पनि नथाकिकन र नरिसाईकन सहि सहि उत्तर दिने आमा मात्र हुन । सन्तानको खुशि खोज्दा खोज्दा आफ्नो भागको सबै खुशि रित्तिएको पत्तो नपाउने आमा मात्र हुन ।बाबु-आमाको लागी संसारको सबै सुख सुविधा त्याग्ने सन्तानहरु पनि नभएका हैनन तर आमाको ममताको अगाडि ति सबै गौण मानिन्छन । एउटा बालकको मनस्थिति बुझ्न कति कठिन हुन्छ¸ उ के चाहन्छ¸ किन चाहन्छ¸ यो कुरा बुझे मात्र सन्तान पनि सहि मार्गमा चल्न सक्छ । यस्ता हाम्रै घरमा अनि समाजमा हुने ममताको सम्बन्धलाई यो “मेरी मामु” चलचित्रले उठान गरेको छ ।

स्क्रिप्ट लेखनमा निकै समय खर्च गरेको आसुसेन फिल्मसले यस चलचित्रलाई अब्बल बनाउन कुनै कसर बाँकी छोड्दैनौ । चलचित्र मात्र ढाईघण्टा मनोरन्जनको लागी मात्र नभएर हलबाट निस्किसकेपछि त्यसबाट केहि कुरा सिकेर जिवनमा लागु गर्न सके मात्र सम्बन्ध मजबुत हुन सक्नेछ । प्रस्तुतिकरण कस्तो छ। “मेरी मामु” शिर्षकलाई कसरी परिभाषित गरिएको छ¸ केहि महिना पश्चात पक्कै हजुरहरुले नियाल्न पाउनुहुनेछ । अहिलेलाई यति भनौ प्राविधिक रुपमा अब्बल हुदै गएको हाम्रो चलचित्र उद्योग राम्रो कथा बाचनमा पनि आउन थालेको छ । कथा चलचित्रको मुटु¸ पटकथा मेरुदण्ड हो निर्देशक चलचित्रको मगज हो¸ निर्माता पोषक तत्व हो जस्ले स्वस्थ मुटु र दरिलो मेरुदण्डलाई सदा बलियो राख्न मद्धत गर्दछ ।यो विषय बस्तुमा रहेर एउटा पारिवारीक बच्चाको मनोविज्ञ्यान मा चलचित्र बन्दै छ ।