जापानमा महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्यरुपमा सफल भयको छ ।जापानको सोलमारीमा आयोजित कार्यक्रममा महिलाहरुको सहभागिका सम्मानजनक रहेको थियो ।

देशबाट परदेशमा आएर महिलाहरु धेरै पिडाको सिकार भएर अकालमै मृत्युको मुखमा पुग्ने पछिल्लो घटनाक्रमलाई गम्भीर रुपमा आफ्नो समस्याको रुपमा लिदै महिला फोरम जापानले स्वास्थ्य सिविर राखेको एक महिला प्रतिनिधि सरिता ढकालले ओएस नेपाललाई बताएका हुन् । 

एस कार्यक्रमलाई सफल पार्नको लागी महत्वपूर्ण भूमिका खेल्दै सहयोग गर्नु भयकोमा एनआरएनए जापानका अध्यक्ष लगायस सबै प्रतिनिधिहरु र सदस्यहलाई महिला फोरम जापानले विशेष धन्यवादपनि दिएको छ ।

अध्यक्ष सबिता श्रेष्ठले कार्यक्रम भव्य र सभ्य भएको ठोकुवा गर्दै आजका दिनदेखी महिला फोरम जापानलाई काम गर्ने थप ऊर्जा मिलेकोपनि स्पष्ट पारेकी हुन ।