सन्तोष सेन कि नयाँ हिरोईन कुसुम गुरुङ,बाहिरियो सबै तस्बिर

आसुसेन फिल्मिसको ब्यानरमा बन्ने चौथो चलचित्र मेरी माम्ु मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छिन् । श्रोतका अनुसार लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।
थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ज्ञ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित हरियो ढुंगा नामक नाटकमा अभिनय समेत गरेकी छिन् । अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।
बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै आईसकेकोछ । चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।
हेर्नुहोस तस्विरहरु