चर्चित गायिका बिष्णु माझी र संजय फाउन्डफेल्डरले आवाज दिए बहुप्रतिक्षित गीत “आँसु”शुक्रबार रिलिज हुदै,हराएका बिनोद फेरी फर्किए यही गीतबाट

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा प्रबास बाटपनि आफुलाई निरन्तर अगाडी बढाउन सफल सुइरजल्याण्डको नागरिक जो नेपाली संगीत र माटो संग खेल्दै आफुलाई नेपाली लोक संगीतको गायकको रुपमा चिनाउन चाहदै केहि बर्ष देखि निरन्तर गीत संगीतमा लाग्दै “मत फुल झैँ”बाट संगीत क्षेत्रमा प्रबेस गरि लाखौ नेपालीको तन मनमा बस्न सफल गायक हुन् संजय फ्राउन्डफेल्डर उनि अहिले आफ्नै देश सुइरजल्याण्ड बसोबास गर्छन तर उनि नेपाली गीत संगीतको एउटा अदभुत गायक भनेर चिनिन्छन।जसको आवाज नसुन्ने कमै छन।चर्चित गायक बिरही कार्की संग सहकार्य गर्दै यस क्षेत्रमा आएका संजय यो बेला अर्को बहुप्रतिक्षित गीत “आँसु”को अन्तिम तयारीमा छन।यही शुक्रबारबाट बजारमा आउने गीत बिष्णु माझि संग उनले आवाज दिएको उक्त गीतमा लय आयुस परियारको रहेको छ भने शब्द कुमार परियारको रहको छ ।समाजको यतार्थ घटनालाई चित्रण गरेर तयार पारिएको उक्त गीत केहि समयमै बजारमा आउने तयारीमा छ ।आफ्नै युटुब च्यानलबाट सो गीत बजारमा ल्याउने तयारीमा संजय रहेको बताउछन।गीतको म्युजिक भिडियोको तयारीमा रहेको बताउने संजय भन्छन “म क्षेत्रमा प्रबेस गरे देखिनै सबैले माया दिनु भयो अब झनै माया पाउने एउटा सफल सृजनामा आवाज भर्न पाएको छु आस छ यो गीत दर्शक श्रोतको पहिलो रोजाईको गीत बन्ने छ”।त्यसोत संजयले गएका गीतहरु सबै दर्शक श्रोतको पहिलो रोजईकै सृजना बने।