ओलीकै संरक्षणमा रहेको मानिने गुण्डा नाईके मनाङेलाइ ओली सरकारले लगाए संसारभरकै पुलिसलाइ खोजि गर्न (भिडियो समेत)

ईन्टरपोलले राजीव गुरुङ अर्थात दिपक मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । एमालेको समर्थनमा प्रदेश नम्बर ४ को मनाङवाट प्रदेशसभामा निर्वाचित सांसद मनाङे विरुद्ध प्रहरीले नोटिस जारी गरेको हो ।

मनाङे भारतमा लुकेर बसेको दाबी गर्दै नेपाल अनुसन्धान विभागको पहलमा ईन्टरपोलले नोटिस जारी गरेको हो । अब मनाङेलाई १ सय ९२ मुलुकका प्रहरीले खोजी गर्नेछ ।

यसअघि फेबरी २२ मा इन्टरपोल नेपालले मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न भन्दै कागजपत्र पठाए पनि इन्टरपोल मुख्यालयले रेडकर्नर नोटिस जारी गरेको थिएन ।

मनाङेको नाममा रेडकर्नर नोटिस जारी गर्न पत्र पठाउनुअगावै इन्टरपोल मुख्यालयमा उजुरी परेका कारण प्रहरीको पत्रलाई वेवास्ता गरिएको थियो । प्रहरीले फेरि मनाङेको अदालत फैसला र विगतको पृष्ठभूमि पठाएपछि इन्टरपोल मुख्यालयले गत साता सदर गरेको प्रहरी स्रोतले जानकारी दियो ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज नेउपानेले फरार मनाङेको तीव्र खोजी भइरहेको जानकारी दिए । २०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।