घरमै सुति सुति हेर्नुहोस अन्तिम खेल नेदरल्याण्डसँग नेपालको – भिडीयो लाईभ सहित

काठमाडौं । जिम्बाबेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सको ३ विकेट गएको छ । नेपालका लागि तीनै विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले पहिलो, तेस्रो र ११ औं ओभरमा विकेट लिएका हुन् ।

एक दिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले आज नेदरल्यान्ड्सको सामना गर्न लागेको हो । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपाल र नेदरल्याण्ड्सले यसअघि एकआपसमा ४ पटक ५० ओभरको खेल खेलेका छन् । जसमा नेदरल्याण्ड्स र नेपाल समान २ पटक विजयी भएका छन् ।