चलचित्र अनुरागमा नेपाल आइडलका प्रताप दासले गएको लिरिकल भिडियो सार्बजनिक(एक पटक हेर्नुहोस)

काठमाण्डौ
फागुन, नेपाल आइडलका प्रताप दास ले गाएको “तिम्रो स्वरमा स्वर मिलाई …’ बोलको
लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको संगीत रहेको छ भने शब्द सत्य राज चौलागाईं छ ।उक्त लिरिकल भिडियो लाई टेकेन्द्र शाहले सम्पदान गरेका छन् ।
निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को वर्ष २०७५ को जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।
‘अनुराग’मा नायिका एलिजा गौतमका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो।चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुति रहेको ‘अनुराग’ फिल्ममा भरत गौतम र गीता भेटवाल को लगानी रहेका छ । उक्त फिल्ममा लाइन प्रोडुसर दिपक गौतम रहेका छन भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् | फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ । उक्त लिरिकल भिडियो ओ एस आर डिजिटल युट्युव चानल सार्वजनिक गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.