बुद्ध वाज बर्न ईन नेपाल भन्दै कलाकारले टुंडिखेल तताए (हेर्नुहोस् भिडियो)

काठमाडौं ।
शनिबार बिहान साढे १० बजेबाट नै टुंडिखेल वरिपरि हजारौँ सर्वासाधारणहरुको भिड थियो । ११ बज्यो टुंडिखेलका ७ वटै गेट खोलिए र ७५ हजार भन्दा बढि सर्वसाधारण नेपालीहरु लाईनमा रहेर टुंडिखेल भित्र प्रवेश गरे । बुद्ध नेपालमा जन्मेका हुन्, भन्दै ७५ हजार भन्दा बढि मानिसले एकै स्वरमा बुद्धबचन गाएको विश्व रेकर्ड राख्ने कार्यक्रम थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्ड लगायत उच्च पदस्थ नेता तथा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा महानायक राजेश हमाल, अभिनेता निखिल उप्रेती, अभिनेत्रीसंञ्चिता लुईटेल, नेपाल आईडलका प्रताप दास, निशान भट्टराई, केञ्जल मेहर श्रेष्ठ, सन्ध्या जोशी र विल्सन राईको सहभागिता थियो । त्यस्तै नेपाल आईडलकै सुरज थापाको पनि सहभागिता रहेको थियो । कार्यक्रममा हास्यकलाकार मनोज गजुरेल, जितु नेपाल, राज राजेन्द्र पनि हाँस्य प्रस्तुती दिएका थिए ।

कलाकारहरुले बुद्ध नेपालमा जन्मेका हुन भन्दै आ–आफ्नो विशेष प्रस्तुति समेत दिएका थिए । महानायक राजेश हमाल, निखिल उप्रेती र संञ्चिता लुईटेल दर्शकहरुबाट घेरिएका थिए ।

नेपाल आईडलका निशान र प्रतापले स्टेजमा सँथै गित गाएका थिए । उनीहरुसँग टुडिखेलमा हजारौं दर्शक पनि बुद्ध वाज बर्न ईन नेपाल भन्दै झुमे । त्यस्तै नेपाल आईडलका केञ्जल मेहर श्रेष्ठ, विल्सन श्रेष्ठ, सन्ध्या जोशीले सामुहिक रुपमा यो मन त मेरो नेपाली हो मा दर्शकलाई नचाए ।

सुरज थापाले पनि आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिए ।

कलाकारहरुको ऐक्यवद्धताको भिडियो हेरौं