फेरी अर्की विश्वकै होची महिला मोरङमा भेटिईन (हेर्नुहोस कति अल्की छिन भिडियोमै)

यो मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका भित्र पर्ने सानो गाऊँ हो । यस गाऊँको नाम बडरा हो, जहाँ मुसहर जातीका मानिस बसोबास गर्छन् । यही गाऊँमा रहेको यस घरमा एउटी यस्ती छोरी जन्मिएकी छन् जसले हालसम्म फेला परेका मध्ये नेपालकै होची महिलाको रुपमा रेकर्ड राखिसकेकी छन् ।

यसरी रेकर्ड राख्न सफल महिला हुन् मालती ऋषिदेव । उनका बाबु रमेस ऋषिदेवका अनुसार मालती २४ बर्ष पुगिन् । तर विविध कारणले नागरिकतामा १९ बर्ष मात्र उल्लेख गर्न सकियो ।

मालतीको उचाई २ फिट ८ इन्च मात्र रहेको छ । उनको उचाई सुन्दर हरैचा नगरपालिकाका प्रमुख शिव ढकालले समेत नापेर सार्वजनिक गरेका छन् । मालतीको वजन चाहिं १४ किलो रहेको छ ।

नागरिकता बनाउन जाने क्रममा मालतीको उचाई अनुसार उमेरमा विश्वास नलागेपछि उनको वारेमा स्थानीय रुपमा चर्चा चल्न थालेको थियो । मुसहर परिवारमा जन्मिएकी मालती परिवारको आर्थिक अभावकै कारण उपचारवाट बन्चित भएकी थिईन् । घरकी जेठो सन्तानको रुपमा जन्मिएपनि उनको उचाई २ बर्षको उमेर देखि बढ्न नसकेको उनको परिवार बताउँछ । उनले उपचार नपाएको समाचार सामाजिक संजालमा आउन थालेपछि सरकार र केही स्थानिय संघसंस्थाले उनलाई आर्थिक सहयोग र उपचारमा सहयोग गर्न थालेका छन् ।

५० बर्षिय पिता रमेश ऋषिदेव र ४५ बर्षिया मिना देवीका अनुसार जन्मदा उनी सामान्य बालबालिका जस्तै थिईन् । आफ्ना चार सन्तान मध्ये जेठी मालतीको शरीरको बृद्धि भने दुई बर्षको उमेर भएपछि रोकिन थाल्यो । दैनिक मजदुरीमा दिनको ३–४ सय रुपैंयाको आम्दानीले उनलाई शहरको अस्पतालमा लगेर जचाँउन नसकेको उनीहरु वताउँछन् । उता मालती पनि सानो कद भएको कारण साथीहरुसंग खेल्न जान चाहन्नथिइन् । उनी घर भित्रै बसिरहन्थिन् ।
अहिले बिराटनगरको एक अस्पतालले उनको निशुल्क उपचार गर्ने जनाएको छ भने सरकारले मासिक २ हजार रुपैंया भत्ताको ब्यवस्था गरेपछि परिवारलाई केही राहत मिलेको पिता रमेश बताउछन् ।

उनको उचाईको चर्चा चलेपछि सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकाल आवश्यक कागजपत्रहरु उपलब्ध गराएर उनलाई नेपालकै होची महिलाको मान्यता दिने प्रयासमा लागेका छन् । झुपडीमा बस्ने ऋषिदेवको परिवारलाई केही आर्थिक राहत मिलोस् भनेर अहिले केही संघसंस्थाहरु अगाडि आउन थालेका छन् ।
गिनेज बुक अफ वल्र्ड रेकर्डका अनुसार अहिले विश्वकै होची महिलाको रुपमा भारत नागपुरकी ज्योती अम्गेलाई मान्यता दिएको छ । २४ बर्षिया ज्योतीको उचाई २४ दशमलब ७ ईन्च रहेको छ ।

विश्वकै होचो पुरुषमा भने नेपालका खगेन्द्र थापा मगरको नाम गिनेज बुक अफ वल्र्ड रेकर्डमा रहेको छ । २५ बर्षिय खगरेन्द्रको उचाई २ फिट २ इन्च रहेको छ ।
नेपालकै होची महिलाको रुपमा दरिन थालेकी मालतीको आनिवानी भने आम होचाहरुको भन्दा फरक छ । उनी थोरै मात्र खाना खान्छिन् । जसको कारणले पनि उनलाई सामान्य रुपमा हिड्डुल गर्न पनि गाह्रो हुने गरेको छ । त्यसैगरी उनी नयाँ मानिस देखेपछि लजाउँछिन् । र, बोल्दिनन् पनि । पहिलो कुरा त उनी नेपाली भाषा बोल्न जान्दिनन् । उनका बाबुका अनुसार घर परिवारका मानिससँग चाहिं उनी गफगाफ गर्छिन् ।