पत्रकार रबी लामिछानेप्रति सरकार संग कोरिया बाट आयो यस्तो माग (भिडियो सहित )

भ्रष्टाचार, ठगि, कुरुति र अनियमिता विरुद्ध टेलिभिजन पत्रकारिता मार्फत सशक्त आवाज उठाइरहेका पत्रकार रवि लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीले पनि चिन्ता र चासो ब्यक्त गरेका छन् । संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

जनतालाई सेवा र सुरक्षा दिने संस्थाभित्र भइरहेको भ्रष्टाचार, अनियमिता र ति संस्थाको आडमा जनताले पाइरहेको सास्तीलाई उजागार गर्दा ती सरकारी निकायका केहि कर्मचारीबाट पत्रकार माथि सुरक्षा थ्रेट रहेको विश्लेषण अहिले सर्वत्र भइरहेको छ । देश विदेशमा रहेका नेपालीबाट वाहवाही पाइरहेका पत्रकारको सुरक्षाको चिन्ता कोरियामा कार्यरत नेपालीले पनि लिएका छन् । तल भिडियोमा हेर्नुहोला ।

यहाँ बाट भिडियो हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=ULUHKeLKFrY]