आखिर किन पूर्बकप्तान पारस खड्काले गरे यस्तो माग ?

यतिबेला नेपाल टी २० को पहिलो संस्करणमा भएको म्याच फिक्सिङ प्रकरण चर्चामा छ । भारतको सेभेन थ्री स्पोटर्ससँग आइपीएल मोडलमा देशकै ठूलो लिग गर्ने भनेर चतुरबहादुर चन्द अध्यक्ष रहेको क्यानले सम्झौता गरेको थियो अहिले सेभेन थ्रीका मालिक पैसा तिर्ने आफ्नो जिम्मेवारी नभएको भन्दै भारत फर्किसकेका छन् ।

यता चतुरबहादुर चन्द सहितको जम्बो टोली राजीनामा दिने तयारीमा छ । बिदेशबाट मात्रै ल्याएका खेलाडीलाई पैसा दिन पनि करिब ३ देखि ४ करोडको हाराहारीमा रकम चाहिन्छ तर त्यो रकम कसले तिर्ने त्यो टुङ्गो लागीसकेको छैन् ।

लुम्बीनी अल स्टार्स र पोखरा एभेन्जर्स बाहेकका टीममा रहेका खेलाडीले पैसा पाउन सकेका छैनन् । सेभेन थ्री स्पोर्टसका मालिक भने टीमका मालिकले पैसा तिर्नेपर्ने भन्दैभारत हिडिसकेका छन् । यता चतुर चन्दलाई पनि चर्को दबाब थपिएको छ ।

क्यानको अपरिपक्व निर्णय र कमिसनको चक्करले आज नेपाली क्रिकेटको साख गिरेको छ। ग्लोबल क्रिकेट स्टारसिकन्दर राजाले आफुले परिश्रमिक नपाएको भन्दै आईसीसीमा उजुरी दिने तयारी थालेका छन् भने उनलाई खेल सकिए लगत्तै तलब दिने भन्दै क्यानकै पदाधिकारीले उजुरी नगर्न अनुरोध गरिसकेका छन् ।

यसै सिलसिलामा नेपाल क्रिकेटका पूर्ब कप्तान पारस खड्काले चतुर बहादुर चन्दका पछिल्ला गतिबिधिप्रति आपत्ती जनाएका छन् ।

चतुरबहादुर चन्दले कमिसनकै चक्करमा भारतीय कम्पनीलाई नेपालको सबैभन्दा ठूलो लिगको सर्वाधिकार बिक्री गरेपछि नेपाली क्रिकेट इतिहासमै म्याच फिक्सिङका घटनाको विजारोपण गर्नेहरुलाई कडा कारबाही गर्न माग गरेका छन् । यस्तो छ उनको स्टाटस