कलाकार दुर्गेश थापामाथि आ’ क्रमण

चन्द्रौटा : महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’ क्रमण भएको छ। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा रहेका आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएको हो ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आ’ क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्र’ हार गरेको हुनसक्ने अनुमान रहेको छ।

यो पनि – अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्टमा १० मिनेट प्रस्तुति दिएर भारतीय गायक मिका सिंहले डेढ करोड भारतीय रुपैयाँ लिएका छन् ।भारतीय सञ्चार माध्यमका अनुसार अनन्तले २९ डिसेम्बरमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरेका थिए ।

उक्त समारोहमा धेरै बलिउड सेलिब्रेटीहरु सहभागी भएका थिए । गायक मिकाले त्यस साँझमा आफ्ना गीतहरूले समारोहमा उपस्थित मानिसहरूलाई मोहित बनाए । उनले उक्त समारोहमा १० मिनेट मात्रै प्रस्तुती दिएका थिए । तर, त्यसका लागि उनले डेढ करोड भारतीय रुपैयाँ लिएका हुन् ।

अम्बानी परिवारमा हुने जुनसुकै समारोहमा पनि मिका प्रायः प्रस्तुती दिइरहेका देखिन्छन् । मुकेशका जेठा छोरा आकाश अम्बानी र छोरी ईशा अम्बानीको बिहेमा पनि मिकाले आफ्नो प्रस्तुती दिएका थिए ।अनन्तको एन्कोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी

छोरी राधिकासँग इन्गेजमेन्ट राजस्थानमा भएको हो । राजस्थानको श्रीनाथजीमा दुवै परिवार र नजिकका आफन्तहरूको उपस्थितिमा उनीहरूको इन्गेजमेन्ट भएको हो ।इन्गेजमेन्टपछि त्यसको सेलिब्रेशन मुकेश अम्बानीको घर एन्टिलामा राखिएको थियो । उक्त समारोहमा

मनोरञ्जन, व्यापार र राजनीति जगतका धेरै प्रसिद्ध व्यक्तित्वहरू सहभागी थिए । जसमा सलमान खान, शाहरुख खान, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंह, जान्हवी कपूर, अयान मुखर्जीलगायत फिल्म उद्योगका धेरै कलाकारहरु सहभागी भएका थिए ।