गायिका समीक्षा अधिकारी गित रेकर्डिङ गर्दा गर्दै धुरुधुरु रोईन

पछिल्लो समयमा गायिका समीक्षा अधिकारीलाई परेको पिडा र उनले भोग्दै गरेको मानसिक तनावलाई समेटेर तयार पारेको ‘यस्तो नहोस कसैलाई’ बोलको गीत रेकर्डिङ गर्न लाग्दा रोईन समिक्षा ।

गीतकार राजेन्द्र थापा भन्छन्, “पहिला त खुरु खुरु रेकर्डिङ भयो । बिचमा अचानक रुवावासी भयो । फेरि सम्हालिन् फेरि रुवावासी,” गीतको भिडियोमा समीक्षा रुएको सुनिन्छ । त्यो रेकर्डिङ गर्दा समीक्षा रुएको नेचुरल रुवाई भएको उनले सुनाए ।

यस्तो थियो गीतको शब्द–
हुने नहुने भयो –यहाँ आँखा नरुने भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको
यस्तै जलन यहाँको
घाउमाथि घाउ
यस्तै मलम यहाँको…

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।

व्यक्तिगत सम्बन्धमा आएको उतार चढावका कारण सामाजिक सञ्जालमा नकारात्मक आलोचनाको ओइरो आउन थालेपछि उनी अनलाइनको दुनियाँमा निष्कृय बसेकी थिइन् ।

गायिका समीक्षा पछिल्लो समय निकै तनावपूर्ण दिनको सामना गरिरहेको उनी निकटका साथीहरुले बताउने गरेका छन्।

समीक्षाको सामाजिक सञ्जालको उपस्थितिले पनि उनी समस्यामा रहेको संकेत दिन्छ।