यी अभिनेतासँग नाम जोडिएपछि रश्मिका मन्दानाले भनिन् ‘म मेरो समय आएपछी बिहे गर्छु’

काठमाडौं ।गीता गोविन्दम र डियर कमरेडमार्फत तेलुगु सुपरस्टारद्वय विजय देवरकोन्डा र रश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ले नै चर्चामा ल्याए पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासँगै यी दुईको सार्वजनिक भिडियोहरूले कतै प्रेममा त छैनन् रु भन्ने चर्चा पनि सुरु भयो ।

यी दुईले आफुलाई मिल्ने साथीको रूपमा मात्र बताउँदै आइरहेका छन् । तर, केही समय अगाडि देखि यी दुईको विवाहको चर्चा बढ्दो छ । केही समय अगाडि मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो । यी दुईले विवाहबारे नै मुख खोलेनन् । तर, पछिल्लो एक अन्तर्वार्ताको क्रममा यसबारे रश्मिका बोलेकी छिन् । उनले यसलाई टाइम पास गसिप भनेकी छिन् ।

‘यो सबको लागि मसँग समय छैन । नेपाल समचारपत्रमा खबर छ । मेरो समय आएपछि म विवाह गर्छु नै । अहिले नै के हतार छ र रु,’ उनले भनिन् । साथै उनले आफ्नाबारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन् ।वर्कफ्रन्टको कुरा गर्ने हो भने विजय र रश्मिका दुवै अहिले आआफ्नो फिल्मको छायांकनका लागि मुम्बईमा छन् ।