मन्त्री नातालिए हटचिनसद्धारा मेलबर्नमा महिला संघर्ष र सफलता बिषयमा केन्द्रित पुस्तक बिमोचन

मेलबर्नमा मूलत: महिला सशक्तिकरण केन्द्रित हरेक कार्यक्रम फरक, प्रभावकारी र समुदायमा आधारित तवरबाट गर्ने भएका कारण छुट्टै पहिचान कायम गर्न सफल दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ महिलाका कथाहरुलाई समाबेश गरिएको ‘Nepalese Women’s Tales of Resilience’ पुस्तक अस्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिए हटचिनसद्धारा बिमोचन गरिएको छ । मन्तब्य दिने क्रममा कार्यक्रमका प्रमुख अतिथि मन्त्री हटचिनसले यो पुस्तक धेरै महिलाहरुका लागि प्रेरणाको श्रोत बन्ने कुरामा सन्देह नरहेको बताइन ।

भिक्टोरिया बहुसांस्कृतिक आयोगका अध्यक्ष भिभियन न्ङुयन, सांसद काथलिन म्याथ्युज, काउन्सिलरहरु सु बोल्टन, मार्क रिले, मोनिका हार्ट, अजी आक्सन अब्रोडका प्रमुख कार्यकारी अधिकृत ग्राएम केन्ट, एनसिएलसीका प्रमुख कार्यकारी अधिकृत जेनी स्मिथ, ब्याङसिया गार्डेनका प्रमुख कार्यकारी अधिकृत जिना डगल, युनाइटिङ चर्चका क्याथरिन स्मिड्ट, रेफ्युजी कम्युनिटी एसोसियसन अस्ट्रेलियाका अध्यक्ष परसुराम शर्मा लुइंटेल आदिको उपस्थिती रहेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष डा जमुना पराजुलीद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो ।

कार्यक्रममा संस्था स्थापना भएको दश बर्षको समयाबधिमा संस्थाले घरेलु हिंसा क्षेत्रमा गरेका कार्यक्रम र उपलब्धीको बिषयमा भिडियो प्रदर्शन गरिएको थियो । संस्थाले घरेलु हिंसा सम्बन्धमा दुई लघु चलचित्र समेत निर्माण गरिसकेको छ भने तीज मनाउने क्रममा रकम संकलन गरी उठेको रकम नियमित रुपमा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगको लागि उपयोग गर्ने गरी सामाजिक कार्यलाई प्रबर्द्धन गर्ने सिग्नेचर पर्बको रुपमा समेत मनाउने गरेर अहिलेसम्म नेपालमा त्यस क्षेत्रमा कृयाशिल “आवाज” मार्फत २२,००० डलर पठाइ ११० भन्दा बढीलाई सहयोग गरिसकेको छ ।

पुस्तकको संपादन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, टिना लिन्डन, रोशन भन्डारी र कभर डिजाइन सोपान प्रेस प्रा. लि. द्धारा गरिएको थियो भने लुक ह्यारिसद्धारा पुस्तक प्रकाशनको संपूर्ण प्रकृयाको संयोजनकारी भूमिका निर्बाह गरिएको थियो ।

अनिता भन्डारी र अन्जना नेपालद्धारा सन्चालित उक्त कार्यक्रमको प्राबिधिक पक्षको जिम्मेवारी अनुज नेपालले सम्भालेका थिए ।