विश्व प्रसिद्ध फुटबलर पेलेको स्वास्थ्य अवस्था बारे आयो यस्तो खबर !

एजेन्सी । विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । ८२ वर्षीय ब्राजिलियन पूर्वखेलाडी पेले साओ पाओलोस्थित अस्पतालमा मंगलबार भर्ना भएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप अवलोकनका लागि समेत जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन्।

पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रसंसकलाई धन्यवाद समेत दिएका थिए। इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।

पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रसंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।

यो पनि हेर्नुहोस्,

चमत्कारी जित निकाल्दै नेदरल्यान्ड पुग्यो अर्को राउण्डमा

कतारमा जारी फिफा विश्वकप फुटबलमा आजको भएको खेलमा नेदरल्यान्ड विजयी भएको छ । शनिबार सम्पन्न अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३–१ गोलले पराजित गर्दै नेदरल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा पहिलो हाफमै नेदरल्यान्डले २–० गोलको अग्रता लिएको थियो ।

खेलको दशौं मिनेटमा डेन्जेल डम्फ्रिजको लो क्रसलाई मेम्फिस डिपाएले गोलमा परिणत गरे । इन्ज्युरी समयमा नेदरल्यान्ड्सले अग्रता दोब्बर पार्यो । डेली ब्लिन्डले डम्फ्रिजको क्रसमा गोल गर्दै डच टोलीलाई २–० ले अघि बढाए ।

७६ औं मिनेटमा हाजी राइटले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए । त्यसको ५ मिनेटपछि नै नेदरल्यान्ड्सले दुई गोलको अग्रता पुनः स्थापना गर्यो । डेली ब्लिन्डको पासमा डम्फ्रिजले सुन्दर फिनिस गर्दै डच टोलीलाई क्वाटरफाइनल नजिक पुर्याए ।

समूह ए को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको नेदरल्यान्ड्सले अब क्वाटरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ ।