लोकमार्गको जंगलमा फस्टाउदै ‘देह-व्यापार’- भर्खरका युवतीदेखि बिवाहित महिलासम्म (भिडियोसहित)

बारा – बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा दे-ह व्यापार फस्टाउदै गएको छ ।
भिडियोमा पुरा हेर्नुहोस्

कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौ न क्रि याकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो । सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि

बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय दे ह व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ ।

वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन दे ह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।

यौ न व्यवसायी महिलाहरूसँग यौ न व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बा ध्यता । यद्यपी उनीहरू सानै उमेरमा गरिने अपरिपक्व प्रेम विवाह, रुमानी सपना, फेशन अनुकुल चल्नु पर्ने ईच्छा आदीका कारण पनि सानै उमेर देखि यौ न व्यवसायमा लागेको पाईएको छ ।

दैनिक के खाउँ र के लाउँ भन्ने पिडामा रुमल्लिएका महिला आफ्ना साना नानीलाई मीठो खाने कुरा किनेर दिने आशमा बाध्य भएर जिबिको पार्जनको लागी दे ह व्यापार गर्ने गरेको उनीहरू बताउँछन् ।

सडकको बिभिन्न ठाउँहरुमा नैं बसेर खुलेयाम ग्राहकहरुसँग बार्गेनिङ गरिरहेका दे ह व्यापारीहरुको संख्या पछिल्लो समयमा बढ्दै गईरहेको छ । खुल्लम–खुल्ला दे ह–व्यापार र अ नैतिक कार्य हुने गरे पछि अहिले बारा जिल्ला दे ह व्यापारको लागि चर्चामा रहेको छ ।

बाराको बन क्षेत्रमा हुँदै आएको अवैधधन्दा नियन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने

प्राय: महिलाहरु श्रीमानले छोडेको तथा दिनभर ज्याला मजदुरी गर्दा समेत उचित पारिश्रमिक नपाएको र घरको आर्थिक अवस्था समेत कमजोर भएकै कारण प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको उनीहरुको भनाई रहेको छ । बाराको बन क्षेत्रमा हुँदै आएको अ-वैधधन्दा नि-यन्त्रण गर्न प्रहरी समेत निकै प्रयास गरेको छ । प्रहरीको भ्यान आउँदा भने उनीहरू वन भित्र लु-क्ने गर्छन् ।

प्रहरीले पटक पटक सम्झाउने गरेको र पछिल्लो समयमा प्रहरीले गएर ल-खेटने गरेको भए पनि नियन्त्रण हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मित्रले जानकारी दिए । बारा प्रहरीले पटक पटक उनीहरुलाई सम्झाउने र अ-टेर गर्नेलाई ल-खेट्ने गरेको भएता पनि न्युनिकरण भने हुन सकेको छैन ।

पछिल्लो समय पुर्वपश्चिम लोकमार्गको निजगढदेखि अंम्लेखगंजको सडक खण्डलाई अघोषित रेड लाइट एरिया नैं भनेर चिनिने गरेको स्थानीयहरु बताउछन् । श्याम गुप्ता/खरीबोट

यो पनि पढ्नुहोस् :
काठमाडौं- नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ ।

हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु ।

गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ ।

तपाईं त पिता बाबुराम भट्टराईको गोरखामा उठ्नुपर्थ्र्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गोरखामा पार्टी बनाउने अरु नै हुनुहुन्छ । म नेपाल समाजवादी पार्टी बागमती प्रदेशको मुख्यसचिव भएकाले काठमाडौं ७ मा उठेकी हुँ। बाबुरामले छोरीका लागि गोरखा छाडेको भन्ने आरोप निराधार हो । म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ । संसदमा उहाऊको आवश्यकता छ भन्ने मेरो मत थियो । प्रचण्डसँग त्यसरी लेनदेन गरेको भए वा छोरीलार्ई नै जिताउने भएको भए त जसरी पनि गोरखा नै लानुहुन्थ्यो नि ।’

अब बाबुराम भट्टराई राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने अर्को प्रश्नमा उनले भनिन्,‘नेपाल हल्लै हल्लाको देश हो । यसको पछाडि लागेर साध्ये हुँदैन । कुनै पनि विषयलाई यति हल्काफुल्का रुपमा लिनुहुँदैन । बाबुरामको ज्ञान, क्षमता र अनुभव के गर्दा सदुपयोग हुन्छ ? त्यो गर्नुपर्छ । त्यसका लागि उहाँ राष्ट्रपति बन्ने हो कि होइन, उहाँसँगै कुरा राख्नुस् न ।’

मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् ।

उनले थपिन्, ‘म युवा राजनीतिकर्मी हुँ । म व्यक्ति व्यक्तिको एजेन्डामा चासो राख्दिनँ । तर के फेरि तिनै पात्र र अनुहार आएर देशले निकास पाउँछ ? फेरि प्रचण्ड वा देउवा प्रधानमन्त्री भिएर के नयाँ राजनीतिक कार्यक्रम आउँछ ? चुनावमा पुराना दलप्रति प्रश्न उठेको होइन ? सरकारमा, जनजीवनमा र पार्टीमा के नयाँपन आउँछ ? अब प्रचण्डहरुले अभिभावकत्व लिएर बसे हुन्छ ।’

आफूले माओवादी केन्द्रको चिह्न लिएर उठे पनि माओवादी भइनसकेको उनको स्पष्टीकरण छ ।

मानुषीले भनिन्, ‘माओवादी निरन्तर खुम्चिँदै गएको छ । यसो भन्दा मलाई दुःख लाग्छ । म माओवादी बनिसकेको छैन । यसलाई पुनर्गठित गर्नुपर्छ । अब पुराना माओवादी मात्र एक ठाउँमा आएर नयाँ पार्टी बन्दैन । यही स्वरुपको माओवादी मलाई मान्य छैन ।’