सन्तोष सेन र प्रदीप खड्कालाई लाग्यो यस्तो गम्भीर आरोप, प्रेमगीत ३ का डाइरेक्टर सन्तोष सेनले ५ करोड ठगेको भन्दै मुद्धा

फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।

‘विपक्षी र मेरो बीचमा डिसेम्बर ६, २०२० अर्थात् नेपाली मिति २०७७।०८।२१ गर्न मा सम्पन्न भएको सम्झौता मुताविकको शर्त विपक्षीले पूरा नगरी उल्लंघन गरेको पूराका लागि फोनवाट बारम्बार ताकेता गर्दा फोन नउठाउने, विपक्षीको घरमा जाँदा भेटसम्म नदिएकोले विपक्षीले म बाट लिएको उल्लेखित रकम अनुचित तरिकाले पचाउने दूषित नियत देखिएकोले विपक्षी

यस संघको सदस्य समेत भएको कारणले विपक्षीलाई यस संघमा झिकाइ सम्झौता अनुसारको म बाट लगेको भारतीय रकम रु ३ करोडको हुन आउने नेपाली रु ४ करोड ८० लाख रकम र विपक्षी लगायत उक्त चलचित्रका नायक प्रदीप खड्का, ललित विष्ट र विपक्षी समेतलाई मुम्बई जाँदा प्लेनमा लगेको टिकटको रकम रु ४,५०,०००। ९चार लाख पचास हजार० सहित जम्मा रु ४ करोड ८४ लाख ५० हजार रुपैयाँ विपक्षीबाट असुल उपर गराइ न्याय दिलाई पाउँ’ राईले निर्माता संघमा दिएको उजुरीमा उल्लेख छ ।

यस सम्बन्धमा निवेदन दर्ता भएर प्रक्रियागत रुपमा अगाडि बढेको निर्माता संघले जनाएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं- नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ ।

हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु ।

गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ ।

तपाईं त पिता बाबुराम भट्टराईको गोरखामा उठ्नुपर्थ्र्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गोरखामा पार्टी बनाउने अरु नै हुनुहुन्छ । म नेपाल समाजवादी पार्टी बागमती प्रदेशको मुख्यसचिव भएकाले काठमाडौं ७ मा उठेकी हुँ। बाबुरामले छोरीका लागि गोरखा छाडेको भन्ने आरोप निराधार हो । म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ । संसदमा उहाऊको आवश्यकता छ भन्ने मेरो मत थियो । प्रचण्डसँग त्यसरी लेनदेन गरेको भए वा छोरीलार्ई नै जिताउने भएको भए त जसरी पनि गोरखा नै लानुहुन्थ्यो नि ।’

अब बाबुराम भट्टराई राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने अर्को प्रश्नमा उनले भनिन्,‘नेपाल हल्लै हल्लाको देश हो । यसको पछाडि लागेर साध्ये हुँदैन । कुनै पनि विषयलाई यति हल्काफुल्का रुपमा लिनुहुँदैन । बाबुरामको ज्ञान, क्षमता र अनुभव के गर्दा सदुपयोग हुन्छ ? त्यो गर्नुपर्छ । त्यसका लागि उहाँ राष्ट्रपति बन्ने हो कि होइन, उहाँसँगै कुरा राख्नुस् न ।’

मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् ।

उनले थपिन्, ‘म युवा राजनीतिकर्मी हुँ । म व्यक्ति व्यक्तिको एजेन्डामा चासो राख्दिनँ । तर के फेरि तिनै पात्र र अनुहार आएर देशले निकास पाउँछ ? फेरि प्रचण्ड वा देउवा प्रधानमन्त्री भिएर के नयाँ राजनीतिक कार्यक्रम आउँछ ? चुनावमा पुराना दलप्रति प्रश्न उठेको होइन ? सरकारमा, जनजीवनमा र पार्टीमा के नयाँपन आउँछ ? अब प्रचण्डहरुले अभिभावकत्व लिएर बसे हुन्छ ।’

आफूले माओवादी केन्द्रको चिह्न लिएर उठे पनि माओवादी भइनसकेको उनको स्पष्टीकरण छ ।

मानुषीले भनिन्, ‘माओवादी निरन्तर खुम्चिँदै गएको छ । यसो भन्दा मलाई दुःख लाग्छ । म माओवादी बनिसकेको छैन । यसलाई पुनर्गठित गर्नुपर्छ । अब पुराना माओवादी मात्र एक ठाउँमा आएर नयाँ पार्टी बन्दैन । यही स्वरुपको माओवादी मलाई मान्य छैन ।’