राष्ट्रवादी बन्न खोज्ने भीम रावललाई बालेनले दिए कडा दनक, सामाजिक संजालमा खैलाबैला!

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र नेकपा एमालेका नेता भीम रावलबीच सामाजिक संजालमा जुहारी चलेको छ। साहले अमेरिकी राजदूत भेटेको विषयमा रावलले प्रश्न उठाएपछि उनीहरुबीच जुहारी चलेको हो। बालेनले आफूलाई अमेरिकी राजदूतले भेट्न आग्रह गरेकाले भेटेको बताएका छन् ।

रावलले उठाएका विषयलाई खण्डन गर्दै परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आफूलाई भेट्न आएपछि राजदूत डीन थम्पसनसँग भेटेको बताएका छन् ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं,’ बालेनले लेखेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ’, बालेनले अगाडि लेखेका छन्, ‘एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।’

एमाले नेता रावलले बालेनले बिहीबार अमेरिकी राजदूत थम्पसनसँग भेट्दा परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको हो कि होइन भनेर प्रश्न गरेका थिए

यो पनि पढ्नुहोस् :
काठमाडौं- नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ ।

हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु ।

गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ ।

तपाईं त पिता बाबुराम भट्टराईको गोरखामा उठ्नुपर्थ्र्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गोरखामा पार्टी बनाउने अरु नै हुनुहुन्छ । म नेपाल समाजवादी पार्टी बागमती प्रदेशको मुख्यसचिव भएकाले काठमाडौं ७ मा उठेकी हुँ। बाबुरामले छोरीका लागि गोरखा छाडेको भन्ने आरोप निराधार हो । म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ । संसदमा उहाऊको आवश्यकता छ भन्ने मेरो मत थियो । प्रचण्डसँग त्यसरी लेनदेन गरेको भए वा छोरीलार्ई नै जिताउने भएको भए त जसरी पनि गोरखा नै लानुहुन्थ्यो नि ।’

अब बाबुराम भट्टराई राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने अर्को प्रश्नमा उनले भनिन्,‘नेपाल हल्लै हल्लाको देश हो । यसको पछाडि लागेर साध्ये हुँदैन । कुनै पनि विषयलाई यति हल्काफुल्का रुपमा लिनुहुँदैन । बाबुरामको ज्ञान, क्षमता र अनुभव के गर्दा सदुपयोग हुन्छ ? त्यो गर्नुपर्छ । त्यसका लागि उहाँ राष्ट्रपति बन्ने हो कि होइन, उहाँसँगै कुरा राख्नुस् न ।’

मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् ।

उनले थपिन्, ‘म युवा राजनीतिकर्मी हुँ । म व्यक्ति व्यक्तिको एजेन्डामा चासो राख्दिनँ । तर के फेरि तिनै पात्र र अनुहार आएर देशले निकास पाउँछ ? फेरि प्रचण्ड वा देउवा प्रधानमन्त्री भिएर के नयाँ राजनीतिक कार्यक्रम आउँछ ? चुनावमा पुराना दलप्रति प्रश्न उठेको होइन ? सरकारमा, जनजीवनमा र पार्टीमा के नयाँपन आउँछ ? अब प्रचण्डहरुले अभिभावकत्व लिएर बसे हुन्छ ।’

आफूले माओवादी केन्द्रको चिह्न लिएर उठे पनि माओवादी भइनसकेको उनको स्पष्टीकरण छ ।

मानुषीले भनिन्, ‘माओवादी निरन्तर खुम्चिँदै गएको छ । यसो भन्दा मलाई दुःख लाग्छ । म माओवादी बनिसकेको छैन । यसलाई पुनर्गठित गर्नुपर्छ । अब पुराना माओवादी मात्र एक ठाउँमा आएर नयाँ पार्टी बन्दैन । यही स्वरुपको माओवादी मलाई मान्य छैन ।’