म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ : मानुषी यमी भट्टराई (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले काठमाडौं ७ मा आफ्नो पराजयबाट राजनीतिक शिक्षा लिएको बताएकी छन् । ‘काठमाडौं ७ मा चुनाव लड्नका लागि मैले गठबन्धनमा नहुँदादेखि नै लामो तयारी गरेकी थिएँ । हँसिया हथौडा ठूलो चुनौती हो भन्ने पनि मलाई पहिले नै थाहा थियो । तर राजनीतिक आधार जतिसुकै कमजोर भए पनि आशाको किरण राख्नुपर्छ भनेर म लागिरहेकी थिएँ । मैले हारे पनि मेरो चुनाव चिह्नको भन्दा ६ गुना बढी मत पाएकी छु । गठबन्धनबाहेकको स्वतःस्फूर्त मत पनि पाएँ । यो सम्मानजनक मत हो । अझ मिहिनेत गर, प्रतिपक्षमा बसेर निगरानी गर भन्ने मत हो । पराजयबाट धेरै शिक्षा लिएकी छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मानुषीले भनिन् ।

निर्वाचनमा जनताले घण्टीमार्फत दल र गठबन्धनप्रति राजनीतिक आक्रोश पोखेको पनि उनले बताइन् । स्वतन्त्र पार्टीहरुको उदय तात्कालिक प्रतिक्रियामात्र भएको उनको टिप्पणी छ । तपाईं त पिता बाबुराम भट्टराईको गोरखामा उठ्नुपर्थ्र्यो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भनिन्, ‘गोरखामा पार्टी बनाउने अरु नै हुनुहुन्छ । म नेपाल समाजवादी पार्टी बागमती प्रदेशको मुख्यसचिव भएकाले काठमाडौं ७ मा उठेकी हुँ। बाबुरामले छोरीका लागि गोरखा छाडेको भन्ने आरोप निराधार हो । म पनि बाबुरामले गोरखा छाड्नुहुँदैन भन्ने पक्षमा थिएँ । संसदमा उहाऊको आवश्यकता छ भन्ने मेरो मत थियो । प्रचण्डसँग त्यसरी लेनदेन गरेको भए वा छोरीलार्ई नै जिताउने भएको भए त जसरी पनि गोरखा नै लानुहुन्थ्यो नि ।’

अब बाबुराम भट्टराई राष्ट्रपति बन्न लाग्नुभएको हो भन्ने अर्को प्रश्नमा उनले भनिन्,‘नेपाल हल्लै हल्लाको देश हो । यसको पछाडि लागेर साध्ये हुँदैन । कुनै पनि विषयलाई यति हल्काफुल्का रुपमा लिनुहुँदैन । बाबुरामको ज्ञान, क्षमता र अनुभव के गर्दा सदुपयोग हुन्छ ? त्यो गर्नुपर्छ । त्यसका लागि उहाँ राष्ट्रपति बन्ने हो कि होइन, उहाँसँगै कुरा राख्नुस् न ।’

मानुषीले प्रचण्ड वा शेरबहादुर देउवा प्रधानमन्त्री भएर मुलुकले निकास नपाउने पनि औंल्याइन् । उनले थपिन्, ‘म युवा राजनीतिकर्मी हुँ । म व्यक्ति व्यक्तिको एजेन्डामा चासो राख्दिनँ । तर के फेरि तिनै पात्र र अनुहार आएर देशले निकास पाउँछ ? फेरि प्रचण्ड वा देउवा प्रधानमन्त्री भिएर के नयाँ राजनीतिक कार्यक्रम आउँछ ? चुनावमा पुराना दलप्रति प्रश्न उठेको होइन ? सरकारमा, जनजीवनमा र पार्टीमा के नयाँपन आउँछ ? अब प्रचण्डहरुले अभिभावकत्व लिएर बसे हुन्छ ।’

आफूले माओवादी केन्द्रको चिह्न लिएर उठे पनि माओवादी भइनसकेको उनको स्पष्टीकरण छ । मानुषीले भनिन्, ‘माओवादी निरन्तर खुम्चिँदै गएको छ । यसो भन्दा मलाई दुःख लाग्छ । म माओवादी बनिसकेको छैन । यसलाई पुनर्गठित गर्नुपर्छ । अब पुराना माओवादी मात्र एक ठाउँमा आएर नयाँ पार्टी बन्दैन । यही स्वरुपको माओवादी मलाई मान्य छैन ।’

यो पनि पढ्नुहोस् :

काठमाडौं— अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको टिप्पणी गरेका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताए ।

‘अर्थतन्त्रमा प्रायः सूचकहरु सकारात्मक छन् भने कहाँ छ संकट, अर्थविद्, व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यहाँ चुनौती छ भनौं तर संकट छ भनेर नभन्न अग्रह छ । अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न आवश्यक कदम चाल्न सरकार र राष्ट्र बैंक खुला छलफल गर्न तयार रहेको छ’ उनले भने ।

नेपाल मिश्रित खालको अर्थतन्त्र भएकाले एकैपटक माथि पुगेर तल झर्ने अवस्था नहुने भन्दै उनले अर्थतन्त्रका सुचाङ्क सुधारउन्मुख छन् । रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती र पर्यटन क्षेत्रमा सुधार देखिएको अर्थमन्त्री शर्माले बताए ।

‘राजश्व संकलनमा कमी भएको छ । प्रशासनिक र खुला सीमाना व्यवस्थित गर्ने विषयमा केन्द्रित छ । अहिले बजारमा माग घटेका कुराहरु छन् । कामको गति घटेको कारण माग घटेको हो । अब विकास निर्माणका कामलाई तिब्रता दिएसँगै माग सिर्जना हुन्छ’ उनले भने ।

अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउन सक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने बताए । मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताए ।

यो पनि पढ्नुहोस् :

काठमाडौँ — बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले नाबालक सन्तानको पालन पोषण गर्नुपर्ने संवेदनशिलतालाई विचार गरि प्रस्तुत मुद्दा किराना लगाउनुपर्ने देखिएको हुँदा अग्राधिकार दिई पेश गर्न आदेश दिएको छ।

आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै निहारिकाले आफ्ना प्रेमि शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। त्यतिवेला उनको बच्चा जन्मिसकेको थियो।

धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै शिवराजलाई सफाई दिएको थियो। यससँगै अदालतले नाता कायमका लागि अर्कै कानूनी प्रक्रियामा जानसमेत सुझाएको थियो।

तर, जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौंमा अनशन समेत बसी न्यायको माग गरेकी थिइन्। निहारिकाको आन्दोलन लगत्तै सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगेको थियो।

निहारिकाले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपतिको कार्यालय अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन्। त्यसलगत्तै सरकारसँग वार्ता गरी शिवराज र निहारिकाबाट जन्म भएको बालकको डीएनए टेस्ट गराउने सहमति गरिएको थियो।

सहमति अनुसार सरकारी वकिलले उच्च अदालत जनकपुरमा शिवराज र बालकको डीएनए म्याच गराउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाएको थियो। उनीहरू डीएनए मिलेको थियो। त्यसको रिपोर्ट आएपछि बुधबार उच्च अदालत जनकपुरमा त्यस मुद्दामा सुनुवाइ भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने क्रममा मेयर शाहले यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्-

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,:अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन ।

मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।

तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।