बाबुराम भट्टराईले प्रचण्डलाई दिए यस्ता तीन सल्लाह

तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए ।प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि सहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन ।उनका दुई जिज्ञासा थिए– एक, चुनावबाट आएका ‘नयाँ शक्ति’ हरुले हामी ‘पुराना शक्ति’ हरुलाई कुन हदसम्म क्षति पुर्‍याउलान् ?

दुई– केपी ओलीको टेलिफोन आएलगत्तै एमालेका नेताहरुले नयाँ सम्भावना खोजौं भनिरहेका छन् । यसो गरे कसो होला ? प्रचण्डका तीन प्रस्तावमध्ये पहिलो– गठबन्धन सरकारको नेतृत्व आफूले गर्ने परिस्थिति आएमा सहयोग जुटाउन सहयोग गर्नुपर्छ ।

दोस्रो– माओवादी, नेकपा (एकीकृत समाजवादी) तथा भट्टराई र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच नयाँ सरकारको छलफल अघि बढ्नुअगावै एकता गरौं ।तेस्रो प्रस्ताव– नयाँ सत्तासमीकरण बन्दा त्योसँग भट्टराईको माग के हुन्छ, अहिले नै स्पष्ट भन्नुपर्‍यो ।

भट्टराईले प्रचण्ड कुरा सुनिसक्दा उनी फेरि एकपल्ट दोधारमा परेको ठम्याइहाले । कांग्रेस सभापति तथा बहालवाला गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवासँग आलोपालो सहमतिबारे छलफल अघि बढ्न नसकेको उनले बुझे । एकातिर हालको सत्ता गठबन्धनको बहुमत सुनिश्चित भएको, अर्कोतिर एमालेले नयाँ कार्ड फालेको स्थितिमा प्रचण्डको अलमल बुझ्न पाए उनले ।दुई नेताहरुबीचको कुराकानीबारे स्रोतले भन्यो, ‘ओलीजीसँगको सहकार्य विगतमा कहिले पनि राम्रोसँग गएन, तर प्रचण्डजी फेरि अलमलमा पर्नुहुने हो कि भन्ने देखिन्छ ।

भट्टराईले प्रचण्डलाई तीन विषय बुझाउने कोसिस पनि गरे ।
एक– कांग्रेसको भोट ट्रान्सफर नभएको गुनासो अब नगरौं । किनभने मतदाता चलायमान भए । कांग्रेसकै मतदाताले पनि कांग्रेसका उम्मेदवारलाई पृष्ठभूमि र काम हेरेर भोट हालेको–नहालेको देखिन्छ । बरु अबदेखि प्रि–इलेक्सन अलाइन्स गर्ने कि नगर्ने भन्नेबारे विचार गर्नुपर्छ ।
दुई– घन्टी, हर्न र ढकियामा झरेको भोट मुलतः नागरिक असन्तुष्टिको अभिव्यक्ति हो । दीर्घकालसम्म यसको असर नहोला । अब सरकारले कसरी डेलिभरी गर्छ भन्ने सरोकार मुख्य हो ।

तीन– ओलीसँगको सहकार्य सहज ढंगले अघि जाँदैन भन्नलाई विगतका उदाहरण काफी छन् । दुई–चार फोन बजे भन्दैमा त्यतातर्फ विचारै नगर्नु ।प्रचण्डका तीन प्रस्तावबारे भट्टराईको जवाफ पनि गोलमटोल सुनियो ।पहिलो– सरकार हालकै गठबन्धनको तर्फबाट गठन हुनुपर्छ । कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुटाउनुहोस्, मेरो शुभेच्छा नै हुन्छ ।

दोस्रो– चुनाव चिह्न नै एउटा बनाएर लडिसकेपछि एकतामा अल्झिनुपर्ने कुरा छैन । तर पार्टीको नामबारे विचार गरौं । अब फेरि कम्युनिस्ट नाममा अर्को पार्टी नबनाउँ । तेस्रो – मेरो व्यक्तिगत माग केही छैन । छलफलबाट केही आयो भने तय गरौं ।

अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले प्रचण्डसँग विभिन्न इस्युमा कुराकानी भएको पुष्टि गरे । उनले पार्टी एकता लगायत समग्र विषयमा कुरा भएको भन्दै पहिले सरकार गठनको चित्र स्पष्ट हुन दिनुपर्ने बताए । ‘माओवादी र हाम्रो बीच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको नै छ, पहिले सरकार निर्माण लगायत समग्र सहमतिको पिक्चर क्लियर हुन दिउँ,’ उनले भने, ‘त्यसपछि हामी कुन कुन पक्षसँग कसरी एकता गर्र्छांै भन्ने पनि स्पष्ट भइहाल्छ ।

स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री नपाउने अवस्थामा भट्टराईलाई राष्ट्रपति बनाउन सकिने बारे छलफल गरेका छन् । तर भट्टराईले यसबारे छलफल नभएको दाबी गरे । कांग्रेसका केही नेताहरुले भट्टराईलाई राष्ट्रपति बनाउने विकल्पबारे छलफल चलाएका छन् । देउवा पनि आफू प्रधानमन्त्री बन्ने शर्तमा यसबारे सकारात्मक देखिएको बुझिएको छ ।

नेकपा एसका नेता झलनाथ खनालले राष्ट्रपति पदको आकांक्षा राखे पनि चुनाव हारिसकेको अवस्थामा उनको उक्त पदका लागि अडान लिने नैतिक बल कमजोर भएको छ । यस्तो अवस्थामा नेकपा एसले पनि उक्त पदमा दाबी नदोहोर्‍याउन सक्छ ।

प्रचण्ड एमालेसँग नजिकिएलान् ?चुनाव नतिजा आएसँगै एमाले अध्यक्ष ओलीसहित नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङले प्रचण्डसँग टेलिफोन वार्ता गरेका छन् । यी तीन नेता एमाले र माओवादीबीच सहकार्य जारी रहनुपर्ने मत राख्दै आएका नेता हुन् । माओवादीसँग मिल्न नहुने मत राख्ने नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल चुनावमा पराजित भएसँगै वाम सहकार्यको तर्कलाई बाटो खुलेको हो ।

नेम्बाङले विगतका कमजोरीहरुको समीक्षा गर्दै अघि बढ्नुको विकल्प नभएको बताए । ‘यसपल्टको जनादेश नै हामीलाई मिल्न, सहकार्य गर्नका लागि सन्देश दिनेगरी आएको छ, त्यसैले विगतका कमजोरीहरुको समीक्षा हुनुपर्छ र अघि बढ्नुपर्छ,’ उनले भने ।

अध्यक्ष ओली माओवादी अस्थिर शक्ति भएको भन्दै छलफल गर्न अझै ‘कुलिङ पिरियड’ चाहिने भनिरहेका छन् ।उता माओवादीका नेताहरु भने एमालेले आफूलाई वाम शक्ति भने पनि संघीयता, समानुपातिक समावेशीता, नागरिकता लगायत मुद्दामा अझै पनि यथास्थितिवादी शक्ति रहेको तर्क गर्ने गर्छन् । एमालेका एक उच्च तहका नेताको भनाइमा शीर्ष नेताहरुबीच मनोवैज्ञानिक दरार सुधार हुन बाँकी छ ।

नेकपा एकीकृत समाजवादीभित्र पनि माओवादीसँगको एकतालाई लिएर मतैक्य निर्माण हुन सकेको छैन । नेता मुकुन्द न्यौपाने लगायत नेताहरु एमालेलाई बाहेक गरेर माओवादी, एस र नेसपामात्रैको एकता हुन नसक्ने तर्क गरिरहेका छन् । एकताको भित्री छलफल अघि बढ्दै गर्दा एस का नेताहरुले माओवादी फेरि एमालेसँग छलफलमा लागिसकेको भन्दै ‘अस्थिर प्रचण्ड’ लाई विश्वास गर्न नहुने मत राख्दैछन् ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले अनलाइनखबरसँग कुरा गर्दै माओवादीसँग भएका एकता वार्ताहरु निष्कर्षमा पुग्न समय लाग्ने बताए । ‘चुनावअघि एकताका लागि संयोजन समिति बनाउने कुरा भएको हो, तर अहिले त्यसमा ठोस सहमति हुने संकेत छैन,’ उनले भने, ‘हेरौं न, अझै परिदृश्य स्पष्ट हुँदै जाओस् ।’अन्लाइन खबर बाट

यो पनि पढ्नुहोस् :

काठमाडौं— अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको टिप्पणी गरेका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताए ।

‘अर्थतन्त्रमा प्रायः सूचकहरु सकारात्मक छन् भने कहाँ छ संकट, अर्थविद्, व्यवसायी र राजनीतिक व्यक्तित्वहरुले यहाँ चुनौती छ भनौं तर संकट छ भनेर नभन्न अग्रह छ । अर्थतन्त्रमा देखिएका समस्या र चुनौती समाधान गर्न आवश्यक कदम चाल्न सरकार र राष्ट्र बैंक खुला छलफल गर्न तयार रहेको छ’ उनले भने ।

नेपाल मिश्रित खालको अर्थतन्त्र भएकाले एकैपटक माथि पुगेर तल झर्ने अवस्था नहुने भन्दै उनले अर्थतन्त्रका सुचाङ्क सुधारउन्मुख छन् । रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिती र पर्यटन क्षेत्रमा सुधार देखिएको अर्थमन्त्री शर्माले बताए ।

‘राजश्व संकलनमा कमी भएको छ । प्रशासनिक र खुला सीमाना व्यवस्थित गर्ने विषयमा केन्द्रित छ । अहिले बजारमा माग घटेका कुराहरु छन् । कामको गति घटेको कारण माग घटेको हो । अब विकास निर्माणका कामलाई तिब्रता दिएसँगै माग सिर्जना हुन्छ’ उनले भने ।

अर्थमन्त्री शर्माले पूर्वाधारमा लगानी बढाउन सक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने बताए । मन्त्री शर्माले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताए ।

यो पनि पढ्नुहोस् :

काठमाडौँ — बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले नाबालक सन्तानको पालन पोषण गर्नुपर्ने संवेदनशिलतालाई विचार गरि प्रस्तुत मुद्दा किराना लगाउनुपर्ने देखिएको हुँदा अग्राधिकार दिई पेश गर्न आदेश दिएको छ।

आफूलाई जबर्जस्तीकरणी गरेको भन्दै निहारिकाले आफ्ना प्रेमि शिवराज श्रेष्ठमाथि धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। त्यतिवेला उनको बच्चा जन्मिसकेको थियो।

धनुषा जिल्ला अदालतले तत्कालीन समयमा आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको देखिएको र आपसी सहमतिको यौनसम्बन्धलाई बलात्कार भन्न नमिल्ने भन्दै शिवराजलाई सफाई दिएको थियो। यससँगै अदालतले नाता कायमका लागि अर्कै कानूनी प्रक्रियामा जानसमेत सुझाएको थियो।

तर, जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै निहारिकाले काठमाडौंमा अनशन समेत बसी न्यायको माग गरेकी थिइन्। निहारिकाको आन्दोलन लगत्तै सरकारी वकिल कार्यालय पुनरावेदनका लागि उच्च अदालत जनकपुरमा पुगेको थियो।

निहारिकाले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रपतिको कार्यालय अगाडि आत्मदाहको प्रयाससमेत गरेकी थिइन्। त्यसलगत्तै सरकारसँग वार्ता गरी शिवराज र निहारिकाबाट जन्म भएको बालकको डीएनए टेस्ट गराउने सहमति गरिएको थियो।

सहमति अनुसार सरकारी वकिलले उच्च अदालत जनकपुरमा शिवराज र बालकको डीएनए म्याच गराउन राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाएको थियो। उनीहरू डीएनए मिलेको थियो। त्यसको रिपोर्ट आएपछि बुधबार उच्च अदालत जनकपुरमा त्यस मुद्दामा सुनुवाइ भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने क्रममा मेयर शाहले यस्तो टिप्पणी गरेका छन् । उनले लेखेका छन्-

सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू,:अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन ।

मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् ।

तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।