उर्वरा फाउण्डेशन नेपालद्वारा लाेकप्रिय गायिका अमृता नेपाली सम्मानित

“उर्वरा राष्ट्रिय सम्मान २०७९” बाट लोक दोहोरी गायिका अमृता नेपाली सम्मानित हुनु भएको छ। उर्वरा फाउन्डेशन नेपालद्वारा आयोजित “उर्वरा राष्ट्रिय सम्मान २०७९” नेपाल पर्यटन बोर्डको सभा हलमा नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री मा.साम्सद गगन कुमार थापा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।

विभिन्न क्षेत्रमा याेगदान पुर्याउनु भएका ब्याक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रमममा विशेष कलाकारीता र सामाजिक क्षेत्र तथा संस्कृतिको उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याएको भनि,उर्वरा राष्ट्रिय सम्मानबाट गायिका अमृता नेपालीलाई सम्मान पत्र द्वारा सम्मान गरिएको हाे । याे सम्मानले समाजकाे सेवामा र नेपालि गित संगितमा थप जिम्मेवारी थपिएकाे भन्दै गायिका नेपालीले उर्वरा फाउन्डेशन नेपाल प्रती हार्दिक आभार प्रकट गर्नु भयकाे छ ।

गायिका नेपालीकाे आबाजमा रहेका सधै मेराे दुख्याे दिलकाे घाउ, कता हिनेकाे साईलाे दाइ, सालकाे पात उडायाे बतासैले, भिरकाे खनियाे, मुटु कसेर, लाहुर जाने मदनहरू, धागाे र सियाे, साईलि, चुहिने छानाे, सुपरी कुटुक्कै जस्ता गितहरू चर्चित छन् ।

317961308_3427894640872231_1870203078139336268_n.jpg317576173_1243672126216271_5623738903409277483_n.jpg

गायिका नेपाली संगै उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मानबाट सुरेन्द्र गुरुङ, उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा, उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा, उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार,रेडियो,पत्रकार तुलसी बस्नेत, उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मान बाट कवि/साहित्यकार नरेश काङमाङ, उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ, उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी, उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा, उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे समानित हुनु भयकाे थियाे ।317258177_3427894694205559_1584562535412531662_n.jpg316422488_3427894730872222_5803665054354016286_n.jpg