यो मंसिर महिनाको कठ्याग्रिंदो जाडोमा गरिब को बस्ती उठाएर कसैको भलो हुँदैन ,म फेरि पनि भन्छु यसरी बिचल्ली बनाउन पाइदैन :महेश बस्नेत

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सुकुम्बासी बस्ती उठाएर कसैको भलो नहुने टिप्पणी गरेका छन्। सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरपालिकाबाट पुगेको नगर प्रहरीको टोलीसँग सुकुम्बासी बस्तीका स्थानीयको झडप भएको थियो।

झडपमा परेर केही नगर प्रहरी पनि घाइते भएका थिए। सो बारेमा सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै नेता बस्नेतले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको टिप्पणी गरेका छन्।

‘बिना बिकल्प , बिना क्ष्यतिपूर्ति सुकुम्बासी बस्तीमा डोजर लाउने काम फेरि गरिएछ। ओली सरकारले बनाएको भूमीहिन समस्या समाधान आयोगले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने सम्बन्धमा दिएका सुझाबहरुलाई यो गठबन्धन सरकारले अलपत्र पारेको छ,’ बस्नेतले अघि भनेका छन्, ‘आयोगनै रद्धिको टोकरिमा लगेर थन्काएको छ।

अघिल्लो सदनले पास गरेको भू–उपयोग ऎनले भूमीहिन र सुकुम्बासी समस्या समाधान गर्ने बिषयमा गरेका ब्यबस्थालाई कार्यान्वयन गर्ने हो भने समस्या तत्काल समाधान गर्न सकिन्छ’ चुनाबी परिणाम घोषणाको अन्तिम क्षणमा नयाँ सरकार बन्ने कसरत भैरहेको बेलामा कस्को स्वार्थपूर्ति गर्न यस्तो हर्कत गरिदैछ? भन्दै उनले प्रश्न गरेका छन्।

साथै, कठ्याग्रिंदो जाडोमा गरिबको बस्ती उठाएर कसैको पनि भलो नहुने उनले बताएका छन्। ‘मंसिर महिनाको यो कठ्याग्रींदो जाडोमा गरिबको बस्ती उठाएर कसैको भलो हुँदैन।

म फेरी पनि भन्छु उचित समय बिना बिकल्प र बिना क्षतिपूर्ति, गरिब, सुकुम्बासी र साना ब्यबसायीहरुलाई उठाएर बिच्चल्ली बनाउन पाइदैन,’ बस्नेतले भनेका छन्, ‘जनतालाई आन्दोलन गर्न बाध्य पार्ने अनि बिचरा नगर प्रहरीहरु घाईते हुने यो कुराले कसैलाई लाभ र फाइदा होला जनता र देशलाई फाइदा हुँदैन।’