जेरिलाई रुदै लेखिन मोडल रश्मी तामाङ्गले अमेरिकाबाट पत्र

लोकप्रिय गायिका बबिता बानिया जेरिको डिभोर्स संगै यतिबेला दोहोरी क्षेत्रका कलाकारहरुको फरक फरक धारणा छ।सोहि बिचमा अमेरिकामा बस्दै आएकी मोडल रश्मि तामाङ्गले जेरिलाई भाबुक पत्र लेखेकी छिन,आफ्नो फेसबुक पेज मार्फत जेरिलाई सम्झाउदै पत्र लेखेकी हुन्।उनको पत्रमा एस्तो लेखिएको छ:

बबिता बानिया दिदि तपाईको काहानि तपाईको हरेक गित सुनेर नरुने को होला ?
तपाई त आफ्नो पिडा गित मार्फत दुनियाँ लाई पोखाउनु हुन्छ तपाईको साथमा त सबै दर्शक स्रोता हुनुहुन्छ तर यो समाजमा कति दिदिबहिनि छोरिचेलिहरु हरेक पल मरेर बाचिराको छ चाहेर कसैलाई भन्न नसक्ने चाहेर पनि मर्न नसक्ने आफ्नो पिडा लुकायर पल पल जिउदै मरिराको छ । तपाई त आफुलाई भाग्यमानी मान्नुपर्छ तेस्तो लाज सरम नभयको यौटा पुरुष ले धोका दियर के भयो हरेक मान्छेको साथ छ तपाईलाई
भगवान् पनि कति निर्दयी जस्तालाई तेस्तै जोडि बनाईदिनु नि धेरै जसो महिला हरु यस्तै पिडा मा बाचिराको छ ।

जो मान्छेलाई लाज सरम छैन त्यो मान्छेले जे पनि गर्छ जे पनि बोल्छ त्यो पुरुस तेत्रो मिडिया मा आउदा पनि तेस्लाई केहि मतलब छैन किन कि तेस्लाई लाज भन्नि नै छैन भन्ने हो भने तेस्तालाई पशु नाम दिदापनि फरक पर्दैन कोहि पुरुष हरु आफ्नो बुडि ले खायो खायन मतलब छैन अरुको बुडि हरु सोरेर ५ तारे होटल मा बसेर खान्छन ,आफ्नो बुडि बिरामी भयर दुखेर अनुहार कालो हुदा थाहा नहुने ।

तर अरुको बुडि लाई के कस्तो छ केहि पर्यो भने भन भन्दै हिन्ने कोहि पुरुष ,यौटा हुदाहुदै पनि अरुको छोरी चेलिलाइ दुनियाँ सपना देखायर फकायर सारिरिक सम्बन्ध राखेर पछि आफ्नो बाटो लाग भन्ने कोहि पुरुष ,आफु ठुलो हुनुलाई या अरुको इज्जत मा खेल्नलाई यो केटी यस्तो उस्तो भन्दै हिन्ने कोहि पुरुष, अरुलाई दुइ जिउ बनायर बच्चा फाल भन्ने पछि त आफ्नो बाटो लाग भन्ने, कोहि आफ्नो बुडि राम्रो भयन भनेर बाहिर खोज्दै हिन्ने।

कोहि आफ्नो बुडि दिनरात काममा आफुचाहि दुनियाँ केटी सोरेर गफ गर्दै बस्ने कोहि पुरुष ,अनपढ गरिब भन्दै रातदिन तनाब दिने कोहि पुरुष ,छोरिमात्र जन्मियो भनेर अर्को बिहे गर्ने ।

कोहि पुरुष लाई राति सुत्न लाज नहुने अनि बुढि बाहिर चिनाउनु लाज हुनि यस्ता पुरुष हाम्रै समाजमा छन यस्ता पशुहरुलाइ के भन्नु त त्यो कुकुर पनि तेहि नारिको कोखबाट जन्मेको तेरो छोरिपनि तेहि नारिको कोखबाट जन्मेको नारिको इज्जत गर्न नजान्ने लाज नभयको पशु बरु आफ्नै आमालाई बुडि बना आफ्नै छोरिलाई बना अरुको छोरिचेलिको भावना माथि खेलभाड किन ?

तेरो छोरि तेरो दिदिबहिनिलाई अरुले तेसो गर्यो भने तलाई कति रिस उठ्छ तेसरि नै तेरो साथमा भाको नि कसैको दिदिबहिनि हो यो मात्र यस्ता घटिया पुरुष हरुको लागि हो यो सन्सार मा भगवान् जस्तो पिता भगवान् जस्तो भाई भगवान् जस्तो दाइ भगवान् जस्तो बुडा पनि छन उनिहरु पनि पुरुष नै हो जस्ले आफ्नो बुडि लाई इज्जत दिन्छ ।

तेसैले सबै पुरुष लाई भनेको होइन कमेन्ट गर्नुभन्दा अगाडी तपाईं कस्तो खालको पुरुष हो सोचेर मात्र गर्नुहोला सबै पुरुष गलत सबै महिला सहि हुदैनन् तर ९९ % महिलाले भोगेको कुरा यहि हो ।