सागर ढकालको गहभरी आँसु ?

डडेलधुरा ।

डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् छ ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् । थप नया अपडेट हेर्नुहोस ।

डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

ललितपुर २ मा एमालेका महर्जनलाई ५ हजार बढीको अग्रता, गठबन्धन चौथोमा

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको सुरुदेखिकै अग्रता अझ फराकिलो बन्दै गएको छ । एमालेका उम्मेदवार प्रेम महर्जन ५ हजारभन्दा बढीको मतान्तरले अगाडि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार एमालेका महर्जनले १४ हजार ७६२ मतका साथ अग्रता लिइरहँदा लौरो अभियानका सुबिन शाक्यको ९ हजार ६२१ मत रहेको छ ।

तेस्रो स्थानमा घण्टीका उम्मेदवार हिरालाल महर्जनको ७ हजार ७७७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जन ७ हजार ५६२ मतसहित चौथो स्थानमा छन् । उनी निवर्तमान सांसद समेत हुन् ।

गठबन्धनमा माओवादीको भागमा परेका ललितपुर ३,झापा २,काठमाडौं ७ मा भइरहेको मतगणनामा तीनै ठाउँमा माओवादीका उम्मेदवार पछि परेका छन् । त्यस्तै नेकपा एसको भागमा परेका कास्की २ र काठमाडौं ८ मा दुवै उम्मेदवार तेस्रो र चौथो स्थानमा छन् ।

ज्ञानेन्द्र शाही अरु प्रतिस्पर्धी भन्दा तेब्बर मतान्तरले अघि बढे

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।

राप्रपाका उम्मेदवार शाहीले ७१६ मत ल्याउदा उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् ।

सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।त्यस्तै मतदान सम्पन्न भएको झन्डै २७ घण्टापछि प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को मतगणना आज साँझ अबेर पछि सुरु भएको छ ।

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यान्वयन एकाइको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको सुरु भएको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

बिहान ११ बजेदेखि सुरु गरिने भनिएको मतगणना ढिलो गरी सुरु भएको हो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केही मतदान केन्द्रमा मतदानका क्रममा धाँधली भएको भन्दै विरोध जनाएका कारण सर्वदलीय सहमति कायम ढिलाइ हुँदा मतगणना सुरु गर्न ढिलाइ भएको थियो । अहिले तीनवटा गाउँँपालिकाका मतपत्र मिसाएर गणना सुरु गरिएको उहाँले बताउनुभयो ।

गोरखा क्षेत्र नं २ मा कूल मतदाता सङ्ख्या एक लाख पाँच हजार दुई सय ४० जना रहेकामा ५३ हजार नौ सय ७८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार रहनुभएको छ ।

त्यस्तै गरी गठबन्धनकै तर्फबाट प्रदेशसभातर्फ २ (१) मा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र २ (२) मा कांग्रेसका तर्फबाट सुरेन्द्रराज पाण्डे उम्मेदवार रहनुभएको छ ।

अध्यक्ष प्रचण्डका प्रत्याशीका रुपमा एमालेका अब्दुस मियाँ र नेपाल स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी यस क्षेत्रमा चुनावी मैदानमा रहनुभएको छ ।