ललितपुर–३ मा तोसिमा कार्की विजयी,पम्फा भूषाललाई तेस्रो मत

काठमाडौं । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन् ।

उनले आफ्नो प्रतिद्वन्द्वी एमालेका अमृत खड्कालाई पराजित गरेकी हुन् ।

त्यस्तै सत्ता गठबन्धनकी माओवादीकी पम्फा भुसाललाई तेस्रो मत प्राप्त भएको छ ।

यो पनि पढ्नुहोस् :
काठमाडो । संसारमा अनौठा र विश्वास नै गर्न नसकिने घटना कहिले काही हुने गर्छन् । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन कुरा विश्वास गर्न हामीलाई कठिन हुन्छ ।

छोरीलाई महत्व नदिने समाजमा एउटा परिवारले गरेको कामले कति नि र्द यी हुन्छ भन्ने देखाउँछ । छोरीप्रति हेर्ने दृष्टिकोण हालसम्म पनि परिर्वतन भएको छैन । ब्राजिलको कैनारानामा एक नवजात शिशु जन्मियो । छोरीका रुपमा बालिका जन्मिएपछि परिवार खुसी भएनन् ।

उनीहरुले त्यो नवजात शिशुप्रति माया समेत देखाएनन् । शिशुलाई जिवितै खा’ल्डोमा गा डे । तर कसैले त्यसबारेमा प्रहरीलाई जानकारी दियो । प्रहरी पुग्दा सम्म ७ घण्टा बितिसकेको थियो ।

प्रहरीले बच्चाको घरमा गएर बच्चाको बारेमा सोध्यो । परिवारका सदस्यले भने शिशुको नि’धन भएका कारण खा ल्डो मा गा डे को बताए । तर प्रहरीले त्यसको अनुसन्धान गर्दा बच्चा जिवित फेला परेको थियो । प्रहरीले खा ल्डो वाट शिशुलाई जिवितै निकालेको छ ।

प्रहरीका अनुसार बच्चाको शरीरबाट अस्पतालले जन्मिदा हातमा लगाइदिने कार्ड पनि हटाएका थिएनन् । खा ल्डो बाट उद्धार गरेपछि सास लिनमा गाह्रो भएको कारण।

यो पनि पढ्नुहोस् :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका छन् । लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे ।

…देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे । तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए ।

जसले देशका लागि बलिदान गरेको छ, हिजो तानाशाहीविरुद्ध लड्दाखेरि अंगभंग भएको छ । परिवारका सदस्य गुमाएको छ, काखको छोरछोरी गुमाएको छ । आमाबाबु गुमाएको छ, श्रीमान गुमाएको छ, श्रीमती गुमाएको छ, टुहुरा टुहुरी हुनपरेको छ । हात गुमाएको छ, स्वास्थ्य बिगारेको छ, आर्थिक अवस्था डामडोल बनाएको छ’, ओलीले भने, ‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ,

कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो, भडुवाहरुको तरिका हो ।’ ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको बताए । ‘पार्टी विना दुनियाँ चलेको छैन, नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन’ उनले भने, ‘अमेरिकामा पार्टी चाहिन्छ,

बेलायतमा पार्टी चाहिन्छ, फ्रान्स, चीन, जापान, भारतमा पार्टी चाहिन्छ, जहाँ पनि पाटी चाहिन्छ, यहाँचाहिँ फेद न टुप्पोका …।’ स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने ओलीले बताए ।

‘भोलि सबै स्वतन्त्र जम्मा भए,कसको नीति मान्ने, कुनको घोषणापत्र मान्ने घोषणापत्र कसैको हुँदैन, अनि के कार्यान्वयन गर्छ उसले, यो कार्यान्वयन गर्छु भनेर आएको हुँदैन’ ओलीले भने, ‘अर्थात् यो हुने कुरा होइन, त्यसकारण भ्रम फैलाउन खोजिएको छ । हाम्रो देशको भविष्य अन्धकारमा पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल हुन सक्छ ।’

यो पनि पढ्नुहोस् :
काठमाडौं, ३० कात्तिक । अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर १० का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।

गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् ।

गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् ।

राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।

यो पनि पढ्नुहोस् :
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको छ ।

उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेकोविरुद्धमा राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।

मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले उम्मेदवार लामिछानेबिरुद्धको उजुरीपछि कानुनी व्यवस्था अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेको बताए ।

उनले निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने पनि बताए । त्यस्तै उनले गृहमन्त्री बालकृष्ण खाणबिरुद्ध परेको बहुविवाहको उजुरी तथ्यपरक नदेखिएकाले तामेलीमा राख्नेगरी आयोगबाट निर्णय भएको बताए ।

निर्वाचन विवाद निरुपण सम्बन्धमा आयोगमा अहिलेसम्म परेका ६ वटा उजुरीमा २ वटा फस्र्यौट भइसकेको आयोगले जनाएको छ । ललितपुर ३ की उम्मेदवार तोषिमा कार्की, प्रतिनिधि सभा सदस्य दोलखाका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा सदस्य उम्मेदवार सन्तोषकुमार मेहता, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ रेवतराज पुरीविरुद्ध उजुरी परेको आयोगले बताएको छ ।

उपन्यायाधिवक्ता वाग्लेले आचारसंहीता उल्लंघनका उजुरीमा मुलतः मतदातालाई आर्थिक प्रलोभन देखाएको, स्थानीय तहका निर्वाचित कार्यपालिकाका पदाधिकारीहरुले आफ्नो कार्यपालिका भित्र प्रचारप्रसार गरेको उजुरी धेरै आएको बताए ।

त्यस्तै सरकारी कर्मचारीहरु राजनीतिक दलको प्रचारप्रसारमा सहभागी बनेको, आचारसंहीता विपरितका सामग्री प्रयोग गरेर प्रचारप्रसार गरेको उजुरीहरु पनि धेरै आएको बताए । आचारसंहिता लागू गरेपछि आयोगमा हालसम्म निर्वाचन आचारसंहीता उल्लंघनका १२१ वटा उजुरी परेका छन् । जसमध्ये ११ वटा उजुरी फस्र्यौट भइसकेका छन् भने ११० वटा उजुरी फस्र्यौट गर्न बाँकी रहेका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । दोहोरी खेल्ने कलाकारहरू गीतमा संवाद गर्छन्, काल्पनिक विषयवस्तु बनाएर । दोहारीमा गरिने माया-प्रेम वा धोका र विछोडका कुराहरू प्राय काल्पनिक हुन्छन् र दोहोरीमै सीमित हुन्छन् । तर, चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् ।

श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो । उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् । जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् ।

तर, अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् ।

जेरीले आफ्नै भाइ विजय बानियाँसँग दुई दिनअघि गाएको लाइभ दोहोरी अहिले भाइरल छ । संगीतकार बीबी अनुरागीको जुनकिरी लाइभ स्टुडियोमा उनले सो दोहोरी गाएकी हुन् । शोकधुन बजाउँदै गाइएको उक्त दोहोरीमा जेरी विक्षिप्त देखिएकी छिन् भने भाइ विजय शोकाकुल छन् । कार्यक्रममा भाग लिएका सबै कलाकार अनवरत सुँक्क-सुँक्क गरिरहेका हुन्छन् । कुनै महिलाको डिभोर्स हुनु भनेको उनका लागि जीवनकै समाप्ति हो भन्ने गलत सन्देश दिने गरी यो लाइभ दोहोरीको ‘सेटिङ’ गरिएको छ ।

उक्त दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् ।

दोहारीमा विजय भन्छन्ः उहीलाई रोजेउ भन्दा नि खराब छ, तिम्रा निर्दोष आँशुले सराप्छ

जेरी जवाफ दिन्छिन्ः थाथ्यो पहिल्यै थिएन लायक, अरु मनै परेन ऊबाहेक

दोहोरीमा जेरीले आफ्नो छोरीलाई जोडेर केही हृदयविदारक कुराहरू गरेकी छन्ः

हिँड्ली भाञ्जी अटेरी बनी, नपिटेस है बाउजस्तै छ भनि

यो आगो त उल्लाइ नि झोसियो, दुई वर्षमै बाउको काख खोसियो

सँगै राख्नु भाञ्जीको घर छैन, मर्छु होला मेरो त भर छैन

बच्चा सम्झि पागलै भाथेँ म सँगै लेर मर्न नि गाथेँ म

समयमा सुताउनु खुवाउनु, म मरे नि भाञ्जीलाई नरुवाउनु

०००

लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । एउटा दोहोरी गाएको १० देखि १५ हजार रूपैयाँ लिने उनले डिभोर्सपछि मात्रै ४० वटा दोहोरी गाइसकेको बुझिएको छ । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् । दोहोरी गायकहरू रविन लामिछाने, बालचन्द्र बराजलगायतले जेरीका पूर्वपति शंकरको भूमिकामा रूपमा पेश भएर उनीसँग दोहारी गाएका छन्, जुन निकै हास्यास्पद लाग्छ ।

सबै दोहोरीमा एउटा कुरा साझा छ, जेरीको पीडा र आँशु । तर, यतिबेला दोहोरी सञ्चालकहरूले उनको आँशुलाई बिकाउ वस्तु बनाएको जस्तो प्रतित हुन्छ । उनको पीर-वेदनलाई व्यापारको साधन बनाइएको भान हुन्छ । आफ्नो वास्तविक कथालाई दर्शक/स्रोतामाझ पोखेर जेरी हलुंगो हुन खोजेकी हुन सक्छिन् । तर, यसले उनको व्यक्तित्वलाई नै हलुंगो बनाउने खतरा बढेको छ । पीर बिसाउने बहानामा उनले आफूलाई अर्को मिना ढकाल बनाउनुहुँदैन भन्ने शुभचिन्तकहरूले चाहेका छन् । भोलि छोरी बुझ्ने भएपछि यस्ता दोहोरी हेर्दा उनलाई कस्तो असर पर्न सक्छ भन्ने सायद जेरीले सोचेकी छैनन् ।

जेरीले डिभोर्स भएलगत्तै दिन ‘चोट’ बोलको गीत पनि युट्यूवमा सार्वजनिक गरेकी छिन् । यो गीत पनि उनको वास्तविक जीवनकै कथामा आधारित छ । यद्यपि, जेरीले यो गीत आफूले शंकरसँग भेट हुनुभन्दा अगाडि नै रचेको बताएकी छन् । पहिले गरेको कल्पना अहिले सत्यमा बदलिएकाले आफूले सार्वजनिक गरेको उनको भनाइ छ।

यो पनि पढ्नुहोस् ;
क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।

शुक्रबार नाबालिग ब’ला’त्का’र आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती क’रणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

यो पनि पढ्नुहोस :
गाँजा लागुऔषध कि औषधि ? यो बहस नेपालमा जारी छ । गाँजाको प्रतिबन्ध फुकाउनु पर्ने र अर्थोपार्जनको समेत माध्यम बनाउन दिनुपर्ने माग सांसदहरूले नै गरेपछि यो विषय फेरि एक पटक सतहमा आएको छ ।

गाँजालाई लागुऔषध र नसाको रूपमा अर्थ्याइए पनि खासमा यसको प्रयोग गर्न जाने अचुक औषधि हुन सक्ने तर्कहरू गरिएको छ । यस्तो छ गाँजाको लाभ

— सुत्केरी व्यथा लागेको महिलालाई गाँजाको एक चम्चा धुलोलाई दूधसँग मिलाएर खाएमा प्रसव छिटो हुन्छ ।
— यसको धेरै सेवन गर्नाले नकारात्मक असर गर्दछ ।

— यसले भोक लाग्ने, निन्द्रा लाग्ने काम गर्दछ । यसले कफ, वातवायु अग्निदीपन आदिलाई हरण गर्छ ।
— पाचनक्रियालाई दुरूस्त बनाउनुका साथै शरीरलाई पनि तागत दिलाउँछ ।

— चोप, बीज र यसको सबै भागको धुलो बनाइँ वा भाङ र मरिचलाई सख्खरसँग मिलाई मनतातो पानीसँग खानाले उदरशुल, पेटको दुःखाइ आदिलाई शान्त गराउँछ ।